Explore news and happenings at Bhaktapur

भक्तपुर नपालाई जनताको साथ र सहयोग छ भन्ने आभास दिलाउन

– चन्चला प्रधान, स्वास्थ्यकर्मी, भनपा १०

0

म आफ्नो बुबाको तर्फबाट भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्न आएकी हुँ । नेपाल सरकारले भक्तपुर जिल्लामा रहेको अरू नगरपालिकाहरूलाई कोभिडसम्बन्धी बजेट निकासा गरेको तर भक्तपुर नपालाई पक्षपातपूर्ण व्यवहार गरेको हुँदा भक्तपुर नपालाई स्थानीय जनताको साथ र सहयोग छ भन्ने आभास दिलाउन बुबाले नगरपालिकालाई सहयोग गर्न चाहनुभएको हो ।

भक्तपुर नपाको आइसोलेसन केन्द्रमा कोभिड बिरामीलाई जुन किसिमको सेवा र सुविधाहरू दिइरहनुभएको छ त्यो निकै सराहनीय छ । साथै घरघरमा मास्क र साबुन वितरण, जनचेतना कार्यक्रम र कोभिड सङ्क्रमितहरूलाई निःशुल्क औषधि वितरण गरी फोहर सङ्कलन कार्यलाई तीव्रता दिइरहेको छ त्यसबाट पनि हामी प्रभावित छौ“ ।

भक्तपुर नपाले सञ्चालन गर्ने ख्वप अस्पतालमा विशेषज्ञ डाक्टरहरूको व्यवस्था गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने आशा गरेका छौ“ । भक्तपुर नपाले जनस्तरबाट चन्दा सङ्कलन गरी जनताकै हितको निम्ति उक्त रकम उपयोग गरिने भएकोले अन्य चन्दादाताहरूलाई नपाको यो काममा हातेमालो गर्न आह्वान गर्न चाहन्छु ।

Leave A Reply

Your email address will not be published.