Explore news and happenings at Bhaktapur

सरकारको विभेदकारी नीति विरुद्ध पनि जनता उठेको जस्तो लाग्छ

– केपी धन्छा, प्र.अ. वागीश्वरी मा.वि.

0

कोभिड १९ को महामारीबाट सङ्क्रमित व्यक्तिहरूको उपचारको लागि भ.न.पा द्वारा सञ्चालित ख्वप अस्पताल कोभिड यूनिटमा आइसोलेसन केन्द्र र एच.डी.यु मा अक्सिजन प्लान्ट जडान गर्न तथा अन्य सामग्री खरिद गर्न लागेको बारे वागीश्वरी मा.वि. र कलेज व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरूबीच छलफल भयो । यस्तो पुनित कार्यमा सहयोग गर्न पाउनु एउटा सुखद अवसर हो भनी वागीश्वरी मा.वि. शिक्षक कर्मचारी र वागीश्वरी कलेज शिक्षक कर्मचारीको तर्फबाट जम्मा रु. १८,१९,५४९।–(अक्षरूपी अठार लाख उन्नाइस हजार पाँच सय उन्नापचास ।) सहयोग ग¥यौँ । सहयोग भनेको सङ्कटकै बेलामा गर्ने हो । भक्तपुर नगरको हकमा सङ्घीय र प्रदेश सरकार आफ्नो अभिभावकीय दायित्वमा च्युत भएको अवस्था छ । त्यसैले पनि स्थानीय सरकारले जनताको लागि जनताकै भर लिएको हो ।
जनताको ख्वप अस्पतालको हैसियतले उच्च स्तरबाट सेवा दिनको लागि आवश्यक स्वास्थ्य उपकरणहरू समयमा नै उपलव्ध होस् भनी हामी चाहन्छौँ ।
वास्तवमा सरकारले विनाविभेद सेवा पु¥याउनु पथ्र्याे । तर भक्तपुरको हकमा प्रष्ट देखिने गरेर विभेद गरेको देखियो । सरकारको विभेदकारी नीति विरुद्ध पनि जनता उठेको जस्तो लाग्छ ।
कोभिड रोकथाम तथा नियन्त्रण, जनचेतनाको लागि, स्थानीय स्वयंमसेवक मार्फत् समेत जनप्रतिनिधिहरूले कोभिड १९ को महामारीबाट जनतालाई जोगाउन र सङ्क्रमितको उपचारको लागि सक्दो प्रयास गरिरहेका छन् । भक्तपुर न.पा. अरूको मुख नताकिकन आप्mनै साधन र स्रोतले सक्दो प्रयासरत छ ।
पैसाको लागि मान्छे हैन, मान्छेको लागि पैसा हो । मानव सेवा जस्तो अर्को ठूलो धर्म छैन । भ.न.पा.ले निस्वार्थ रूपमा जनताको सेवा गर्न प्रस्तुत गरेको घोषणापत्र अनुरूपको ख्वप अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन र विकास गर्न कोभिड १९ को यस सङ्कटको घडीमा आआप्mनो क्षेत्रबाट व्यक्ति वा संस्थाले सक्दो सहयोग गर्नुहुन वागीश्वरी मा.वि. र वागीश्वरी कलेजको परिवारको तर्फबाट हार्दिक अनुरोध गर्दछौँ ।

(भक्तपुर नपाद्वारा अक्सिजन प्लान्ट स्थापनालगायत स्वास्थ्य उपकरणको लागि नपाको आह्वानलाई स्वीकार्दै भक्तपुर नपालाई विभिन्न मितिमा सहयोग गर्न आउनुभएका दाताहरूद्वारा व्यक्त प्रतिक्रियाको सार सङ्क्षेप)

स्रोत ः भक्तपुर मासिक पत्रिका

Leave A Reply

Your email address will not be published.