Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको कार्य विश्वसनीय भएकाले सहयोग गरिएको हो

– रमेशचन्द्र श्रेष्ठ, अध्यक्ष, प्याब्सन नगर समिति

0

प्रथम त मानिसका लागि मात्र नभई प्राणी जगत्का लागि पहिलो आवश्यकता भनेको तन्दुरुस्त शरीर हो । त्यसमा पनि मानिस चेतनशील सामाजिक प्राणी भएकाले स्वास्थ्यमा आउने चुनौतीको सामना गर्न पनि साझा प्रयासको आवस्यकता अपरिहार्य हुन आउँछ । अहिले कोभिड–१९ को तीव्र प्रकोप सिंगो विश्व आक्रान्त भएको अवस्थामा हामी पनि अछुतो रहन सकेनौ“ । अक्सिजन, आइ. सी. यु. र भेन्टिलेटरका अभावमा धेरैले अकालमा ज्यान गुमाउनु परेको दुःखदायी समाचार हामी सबैको मनलाई मर्माहत बनाएको छ । भक्तपुरका बासिन्दा र बाहिरबाट भक्तपुर आई बसोबास गर्ने सबैका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा जडान गर्ने पवित्र कार्य अगाडि बढाएकाले हाम्रो संस्था प्याब्सन भक्तपुर नगर कमिटीको तर्फबाट सहयोग प्रदान गर्न हामी हौसिएका हौ“ ।
हामी भक्तपुरकै बासिन्दा भएकाले मात्र नभई भक्तपुर नगरपालिकाले आफ्ना उत्कृष्ट कामकै आधारमा सबैको मन जितेको छ । अझ यस्तो अति आवश्यकीय स्वास्थ्य क्षेत्रको कार्यमा थोरै भए पनि सहयोग गर्न पाउनु हामीले अहोभाग्य सम्झेका छौँ । भक्तपुर नगरपालिकाको कार्य विश्वसनीय भएकाले यो सहयोग गरिएको हो ।
कोभिड रोकथाम तथा नियन्त्रणमा भक्तपुर नगरपालिकाले आफ्ना सीमित स्रोतसाधनका बाबजुद पनि जनचेतना जगाउने कार्यदेखि आइसोलेसन सेन्टर स्थापना गरी सङ्क्रमितहरूलाई सहयोग पु¥याएको कुरा हामी सबै सामु जगजाहेर छँदै छ ।
हालको जनविश्वास कायम राख्दै सकेसम्म अझ जनमुखी कार्यहरू हुँदै जाने छन् भन्ने आशा र विश्वास राखेका छौँ । अन्य सहयोग गर्न चाहने महानुभावहरूलाई हामी सबैको भलाइका निम्ति यो कार्य भक्तपुर नगरपालिकाले गरिरहेकाले मन फुकाएर सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ“ ।

(भक्तपुर नपाद्वारा अक्सिजन प्लान्ट स्थापनालगायत स्वास्थ्य उपकरणको लागि नपाको आह्वानलाई स्वीकार्दै भक्तपुर नपालाई विभिन्न मितिमा सहयोग गर्न आउनुभएका दाताहरूद्वारा व्यक्त प्रतिक्रियाको सार सङ्क्षेप)

स्रोत ः भक्तपुर मासिक पत्रिका

Leave A Reply

Your email address will not be published.