Explore news and happenings at Bhaktapur

नपालाई सहयोग गर्न पाउँदा व्यवसायीहरू खुशी छौँ

– नातिभाई ह्योम्बा, अध्यक्ष, भक्तपुर इँटा व्यवसायी सङ्घ

0

विश्वभर फैलिरहेको कोभिडका कारण भक्तपुरलगायत देशभरका जनता निकै मर्कामा परेका छन् । साथै रोगका कारण धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । नगरपालिकाले गरेको सहयोग आह्वानलाई स्वीकार्दै हामी व्यवसायीहरू सामाजिक उत्तरदायित्व निर्वाहको लागि पनि हामीले नपाको ख्वप अस्पताललाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो र साथीहरूसँग छलफल गरी नपालाई सहयोग गर्ने निर्णय ग¥र्यौं ।

नगरवासी र भक्तपुरका जनताका लागि स्वास्थ्य सेवामा सहज पहुँच होस्, समयमै उपचार पाओस् भन्ने हाम्रो चाहना हो । भक्तपुर सानो जिल्ला भए पनि बढी जनघनत्व भएको ठाउँ भएको हुँदा कोही उपचारबाट वञ्चित नहोस् भन्ने लाग्छ । भक्तपुरका जनताले उपचारको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने कामना छ । यो सहयोग गर्न पाउँदा म लगायत सबै व्यवसायीहरू खुशी हुनुहुन्छ । सबै व्यवसायीहरूलाई धन्यवाद दिन चाहन्छु । जनप्रतिनिधिमा उत्साह थप्ने काम हुने आशा गर्छु । भक्तपुर नपाले सञ्चालन गर्ने ख्वप अस्पतालले सम्पूर्ण जनताको हितमा काम गर्न सकोस् भन्ने कामना छ । अरू व्यवसायिक सङ्घ संस्थाले पनि सहयोग गर्नुपर्छ भन्ने महसुस गरिरहेका छन्, आशा छ छिटै उहाँहरू पनि सहयोगको लागि आउनुहुनेछ ।

(भक्तपुर नपाद्वारा अक्सिजन प्लान्ट स्थापनालगायत स्वास्थ्य उपकरणको लागि नपाको आह्वानलाई स्वीकार्दै भक्तपुर नपालाई विभिन्न मितिमा सहयोग गर्न आउनुभएका दाताहरूद्वारा व्यक्त प्रतिक्रियाको सार सङ्क्षेप)

स्रोत ः भक्तपुर मासिक पत्रिका

Leave A Reply

Your email address will not be published.