Explore news and happenings at Bhaktapur

नपाको नेतृत्वमा भएको यो काममा हाम्रो सदा साथ रहनेछ

– अजयेन्द्र लघु, ब्यासी ब्याडमिन्टन क्लब र ब्यासी युवा क्लब

0

भक्तपुर नगरपालिका अरू नपाभन्दा पृथक छ, यो नपा जनताको आवश्यकताअनुसार काम गर्ने नगरपालिका हो । हामीले चुनेर पठाएका जनप्रतिनिधिले जनताको आवश्यकताअुनसार योजना राख्नुभयो । कोभिड महामारीका कारण अक्सिजनको अभावमा अस्पतालहरूमा भौतारिँदा भौतारिँदै हाम्रै साथीहरूले ज्यान गुमाएको अवस्था छ । नगरपालिकाले अक्सिजन प्लान्ट आफै खडा गर्ने सुरुवात गरेको यो परिस्थितिमा हामीले सहयोग गर्न सक्ने सहयोगको लागि हामी आएका हौ“ । हामीलाई आवश्यक परेको बेला हामी आफै जागरुक हुनु जरुरी छ । सरकारले जसरी भेदभाव गरी भक्तपुर नपालाई बजेट छुट्याएको छ त्यो निन्दनीय छ । नपाको नेतृत्वमा भएको यो काममा हाम्रो सदा साथ रहनेछ ।
आपतको बेला सहयोग गर्नेहरू भनेका उच्चकोटीका मानिसहरू हुन् । व्यक्तिगत र संस्थागत रूपमा सहयोग गर्ने सबैको भावना कदरयोग्य छ । यसले गर्दा समाजमा सामूहिक भावनाको विकास भएको महसुस हुन्छ । कामदार वर्गका जनतालाई शासक दलले हेर्ने दृष्टिकोण पहिलेदेखि नै फरक छ । नेपाल सरकारले भक्तपुर नपालाई हेर्ने नजरमा पनि परिवर्तन आएको छैन । यस्तोमा भक्तपुर नपाको आफ्नै पहलमा जनताको सेवाको निम्ति गर्न लागेको यो सराहनीय कार्यमा हाम्रो साथ रहिरहनेछ ।

(भक्तपुर नपाद्वारा अक्सिजन प्लान्ट स्थापनालगायत स्वास्थ्य उपकरणको लागि नपाको आह्वानलाई स्वीकार्दै भक्तपुर नपालाई विभिन्न मितिमा सहयोग गर्न आउनुभएका दाताहरूद्वारा व्यक्त प्रतिक्रियाको सार सङ्क्षेप)

स्रोत ः भक्तपुर मासिक पत्रिका

Leave A Reply

Your email address will not be published.