Explore news and happenings at Bhaktapur

भुजु पाटी शिलान्यास

भक्तपुर, २०७५ मंसिर १६ गते आइतबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भक्तपुर नगरपालिका वडा नं. ३ बाराहीस्थानस्थित भुजु पाटी पुननिर्माणको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका सम्पदा संरक्षण र लोप भएका सम्पदाहरुको उत्खनन गर्ने कार्यमा नपा लागेको बताउनु हुँदै संरक्षण कार्यमा नगरबासीहरुको सहयोगको अपेक्षा राख्नुभयो । सम्पदा पुननिर्माण कार्य गुणस्तरीय हुनुपर्ने भएकोले सो कार्य ठेक्कापट्टा भन्दा पनि जनश्रमदान र अमानतबाट गरिनुपर्ने बताउनुभयो ।

उहाँले सार्वजनिक ठाउँ संरक्षणको लागि सामुहिक भावना विकास गर्नुपर्ने र नगरपालिका साझा संस्था भएकोले उपभोक्ता समितिमार्पmत् यस्ता कार्य गर्दा जनता लाभान्वित हुनेमा विश्वस्त भएको बताउनु भयो । भक्तपुर नगरपालिकाले सुन्दर नगर बनाउन प्रयासरत रहेको बताउनुहुँदै नगरबासीको शारीरिक तन्दुरुष्टी र विकासको लागि खेलकुद तथा फिटनेस सामग्रीको व्यवस्था गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले पुर्खाले सिर्जना गरी छोडेर गएका सम्पदाहरु संरक्षण गरेर अन्य नगरपालिकाका जनप्रतिनिधिहरुलाई समेत सिक्नका लागि भक्तपुर उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भनपा–३ का वडाध्यक्ष राजकृष्ण गोराले पुर्खाको सम्पत्ति जगेर्ना र नयाँ पुस्ताको प्रगतिका लागि नगरपालिकाले कार्य गरिरहेको बताउनुभयो । सम्पदाले भरिपूर्ण भक्तपुर नगरलाई पर्यटकीय आकर्षणको केन्द्रविन्दु बनाउन र समग्र आर्थिक प्रगतिका लागि वडावासीको सहयोग र जनश्रमदानको महत्वपूर्ण योगदान हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्पदा संरक्षणमा अग्रज पुस्ताले गरेको मेहनत र त्यागको भावना नयाँ पुस्तामा पनि हस्तान्तरण गर्न सके समाज निकै अगाडि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरकार्यपालिका सदस्य सुनिता अवाल र उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर खाताखोले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.