Explore news and happenings at Bhaktapur

ख्वप कलेज अफ इन्जिनियरिङका नवनियुक्त शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्तरण

२०७८ वैशाख १५ गते, बुधबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका नवनियुक्त शिक्षकहरुलाई बुधबार नियुक्ति पत्र हस्तान्तरण गरियो । कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिले कलेजमा नव नियुक्त शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको मुख्य उद्देश्य व्यापक जनताको सेवा गर्नु रहेको र राज्यको निम्ति आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनको निम्ति होे भन्नुभयो ।

नगरपालिकाले सञ्चालन गरेका कलेजहरु आज देशकै नमुना कलेजको रुपमा स्थापित भएको र यसमा व्यवस्थापन समिति, स्थानीय जनता, शिक्षक–कर्मचारीहरुलगायतको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।

इन्जिनियरिङ शिक्षा देशको समृद्धिसँग गाँसिएको संवेदनशील विषय भएको बताउनुहुँदै उहाँले इन्जिनियरहरुको सानो गल्तीले देशलाई ठूलो नोक्सानी पुग्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेज स्थापनाको उद्देश्यमाथि प्रष्ट पार्नुहुँदै कलेजले देश र जनतामा समर्पित इन्जिनियर उत्पादन गरिरहेको बताउनुभयो । कोभिड जोखिमबीच कलेजले अनलाइनमार्फत व्यवस्थित ढंगले कक्षाहरु सञ्चालन गरिरहेको अवगत गराउनुहुँदै उहाँले इन्जिनियरिङ शिक्षाको महत्वमाथि प्रष्ट पार्नुभयो ।

कार्यक्रममा कलेजका उपप्राचार्य रत्नशोभा प्रजापति र कर्मचारी सन्जय मानन्धरले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.