Explore news and happenings at Bhaktapur

कोभिड संक्रमण न्युनीकरणको लागि भक्तपुर नगरपालिकास्तरीय सीएमसी बैठक

२०७८ वैशाख १५ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठक बुधबार नपाको सभाकक्षमा बस्यो ।

बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण न्युनीकरण प्रयासको क्रममा नगरपालिकाको तर्फबाट सामान्य संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीहरुको उपचारको लागि २५ बेडको एचडीयु (HDU) संचालनको लागि तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो ।

उक्त बैठकले विश्वव्यापी रुपमा नया“ भेरियन्टसहित कोभिड १९ को महामारी फैलिरहेको संवेदनशील अवस्थामा कोभिड संक्रमण रोकथामको लागि नगरभित्र क्रियाशील राजनैतिक दलहरु, विभिन्न संघ संस्था, व्यवसायिक तथा सामाजिक संगठनहरु, टीम/क्लब, पुस्तकालय, सहकारी तथा वित्तीय संस्थालगायत सरोकारवाला सबैमा जनचेतनामूलक गतिविधि गरी सहयोग गर्न आह्वान गर्ने निर्णय ग¥यो ।

साथै नगरभित्र रहेका सबै पार्टी प्यालेसहरु, संग्रहालय, सिनेमा हल, प्रशिक्षण केन्द्रहरु, जिमखाना, मनोरञ्जन स्थलहरुलगायत बन्द गर्ने र कुनै पनि किसिमको भिडभाड हुने भोजभतेर, चाड, पर्व वा मेला नगर्न तथा विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर मात्र र यस्ता कार्यमा १५ जनाभन्दा बढी नहुने सहभागिता नहुने गरी कार्य सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरुमा आग्रह गर्ने निर्णय पनि उक्त बैठकले ग¥यो ।

बैठकले कोभिड संक्रमणबाट जनतालाई सुरक्षित गर्न प्रत्येक नागरिक घरबाट बाहिर निस्क“दा माक्स लगाएर मात्र निस्कन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न माइकिङलगायत संचार माध्यमबाट सम्पूर्ण नागरिकहरुलाई आग्रह गर्ने निर्णय ग¥यो ।

कोभिड नियन्त्रण र रोकथामको लागि आवश्यक आर्थिक एवं भौतिक सहयोगको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा बागमती प्रदेश सरकारस“ग माग गर्ने निर्णय बैठकले ग¥यो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप १७,७०८ जनाले र कोभिसिल्ड दोस्रो दोज ७०१ जनालाई दिइसकेको बैठकमा जानकारी गराउनुभयो ।

बैठकपश्चात भक्तपुर नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रका पदाधिकारीहरुले भक्तपुर नपा वडा नं. ९ ब्रम्हायणीस्थित आइसोलेसन केन्द्र र एचडीयूको स्थलगत निरीक्षण पनि गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.