Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा भक्तपुर अस्पतालको आइसोलेसन कक्ष निरीक्षण

२०७८ वैशाख १५ गते, बुधबार

0

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भक्तपुर अस्पतालले पुनः आइसोलेसन सञ्चालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार अस्पताल र आइसोलेसन कक्षको स्थलगत निरीक्षण गर्नुभयो ।
सोही क्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले भक्तपुरमा कोभिडको बिरामीहरुको उपचारको लागि सबै स्वास्थ्यकर्मी तथा सहकर्मीहरु लागिपरेको बताउनुहुँदै अहिलेलाई आइसोलेसन सञ्चालनमा ल्याएको र संख्या बढ्दै गएको अवस्थामा बेडहरु बढाउँदै व्यवस्थित गर्दै जाने बताउनुभयो ।
निरीक्षणमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व पनि हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.