Explore news and happenings at Bhaktapur

ख्वप विश्वविद्यालय स्थापनाको निम्ति निरन्तर प्रयासरत छौं ः नगर प्रमुख प्रजापति

चितवन । २०७७ चैत्र ८ गते, आइतबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कम्युनिष्टहरु विचार र सिद्धान्तको आधारमा चल्ने र कम्युनिष्टहरुले विचारको निम्ति अन्तरसंघर्ष गर्नु स्वाभाविक भएको बताउनुभयो ।

चितवनस्थित सिनर्जी एफएमका कार्यक्रम प्रस्तोता विवेक पोखरेलसँग ‘सिनर्जी विशेष’ मा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले राजनीति व्यक्तिगत स्वार्थको निम्ति नभई व्यापक जनताको सेवाको निम्ति हुनपर्नेमा जोड दिनुभयो ।

उहाँले शासक दलहरुबीचको झगडाबाट उनीहरुको नक्कली चरित्र जनतामाझ अझ प्रष्ट हुँदै गएको बताउनुहुँदै कम्युनिष्ट व्यवस्थाअनुसार यो सरकार चल्न नसकेको र निजीकरणको पक्षमा काम गर्ने, शिक्षा क्षेत्रलाई व्यापारीकरण गर्ने सरकार कम्युनिष्ट सरकार हुन नसक्ने बताउनुभयो ।
रातो लुगा लगाउने सबै कम्युनिष्ट हुँदैनन् भन्नुहुँदै कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकाले जनतासँग नजिक रहेर निरन्तर खटेको अनुभव सुनाउनुहुँदै भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरु आफैमा विश्वविद्यालय तहमा पुगिसकेको र ख्वप विश्वविद्यालय स्थापनाको निम्ति निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

श्रमलाई शिक्षासँग जोड्ने नीतिअनुरुप ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य नेमकिपाका रहेको बताउनुहुँदै उहाँले ठूल्ठूला भवन र चिल्लो सडक हुनु मात्र विकासको मापन होइन भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.