Explore news and happenings at Bhaktapur

कराँते प्रतियोगिताका विजयीलाई पदक वितरण

भक्तपुर, २०७७ चैत्र ३ गते मंगलबार ।

0

भक्तपुर नगरपालिकाका उपप्रमुख उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ६ नं. वडा समितिको आयोजनामा भएको कराँते प्रतियोगिता आज सम्पन्न भयो । कार्यक्रमका उपप्रमुख जोशीले समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
समापन कार्यक्रममा छात्रातर्फको कराँते प्रतियोगितमा २० के.जी. तौल समूहमा रिदिसा त्यात(जेन्यूइन ई. स्कूल) प्रथम, रोहिनी लामा (क्रियटिभ ई. स्कूल) द्वितीय र मनिसा राई (साइनिङ स्कूल) तृतीय हुन सफल भए । २५ के.जी. समूहमा आयरा प्रजापति (बाल विकास से. स्कूल) प्रथम, रितिका तामाङ (गोल्डेन गेट ई. स्कूल) द्वितीय तथा रिजी त्यात (जेन्यूइन स्कूल) र गायत्री लामा(क्रियटिभ स्कूल) तृतीय भए । ३० के.जी. तौल समूहमा श्रेया शाही (वागीश्वरी) प्रथम, सेव्रिना दुवाल (जेन्यूइन) द्वितीय तथा करुणा तामाङ (हंसबाहिनी स्कूल) र सुबी श्रेष्ठ (जेन्यूइन स्कूल) तृतीय हुन सफल भए । ३५ के.जी. तौल समूहमा क्रिटीका राई (राम्बस) प्रथम, अस्मिता तामाङ (सेक्रेड हार्ट) द्वितीय तथा प्रियन्सा तामाङ (साईनिङ स्टुडेण्ट) र रिड्डी गाईजु (केयर किण्डर) तृतीय भए ।
त्यसैगरी ४० के.जी. तौलसमूहमा स्माइल्डा सुवाल (जेन्यूइन), यज सिं बजिको, कृष्मा ढुङ्गाना (क्रियटिभ स्कूल) र सजिना तामाङ (साईनिङ स्टुडेन्ट) क्रमशः प्रथम, द्वितीय र तृतीय भए । ४५ के.जी. तौल समूहमा सिरुसा भुजु (सेक्रेड हार्ड), ससिका राई (ख्वप्रिङ), विविशा तामाङ (सेक्रेड हार्ट) यूनिसा प्रजापति (माउण्ट भ्याली) क्रमशः प्रथम, द्वितीय र तृतीय भए । ५० के.जी. तौल समूहमा पिपल डोंग (माउण्ट भ्याली) प्रथम, प्रतिभा राई (पारागन) द्वितीय तथा जिना सुवाल (हिमालयन स्कूल) र प्रतिभा गाईजु (माउण्ट भ्याली)ले तृतीय स्थान हासिल गरेको थियो ।
कराँते प्रतियोगितामा छात्रतर्पm २० के.जी. तौल समूहमा युवी कर्माचार्य (माउण्ट भ्याली) प्रथम, वरदान सिं बजिको (केयर किण्डर) द्वितीय तथा गजेन्द्र सिराडी (केयर किण्डर) र रासेस बासुकला (प्रभात ई. स्कूल तृतीय हुन सफल भए । २५ के.जी. समूहमा सुजल कोण्डा (जेन्यूइन) प्रथम, सुमन सेवदी (आदर्श आजाद) द्वितीय तथा दिपेज अवाल(विज्डम स्कूल) र गौरब पाण्डे (विद्या आर्जन) तृतीय हुन सफल भए । ३० के.जी. तौल समूहमा यूकेश तामाङ (सेक्रेड हार्ट) प्रथम, जेम्स लामा (डेमोन्स) द्वितीय तथा श्रीजन खोंजू (पारागन एकेडेमी) र कृष्ण ग्वाछा (वागेश्वरी मावि) तृतीय भए । ३५ के.जी. तौल समूहमा विमल कुमार थापा (वागीश्वरी मावि) प्रथम, विराज चित्रकार (जेन्यूइन) द्वितीय तथा आभाष सुकेमनी (पारागन) र रौनिक तामाङ (डेमोन्स) तृतीय भए । ४० के.जी. तौल समूहमा विकास तामाङ (वागीश्वरी मावि) प्रथम, अनुभव आचार्य (वागीश्वरी) द्वितीय तथा राज तामाङ (वागेश्वरी मावि) र शक्ति परियार (जागृति मावि) तृतीय भए । ४५ के.जी. तौल समूहमा विशाल तामाङ (सेक्रेड हार्ट) प्रथम, श्रयश लवजू (माउण्ट भ्याली) द्वितीय, धनराज विष्ट(बासु मावि) र रमिन मोक्ता(बासु मावि) तृतीय हुन सफल भए । ५० के.जी. तौल समूहमा अभिषेक लामा (बासु) प्रथम, श्रीजल तमखु (विद्यार्थी निकेतन) द्वितीय तथा आभास बोहरा (वागिश्वरी मावि) र सुवास लामा (डेमोस) तृतीय हुन सफल भएको थियो ।
कराँते प्रतियोगिताको काँटा छात्रतर्पm भने विमल कुमार तामाङ प्रथम, विराज चित्रकार द्वितीय तथा बरदन सिं बजिको र अनुभव तामाङ तृतीय हुन सफल भए भने काँटा छात्रातर्पm प्रियन्सा तामाङ प्रथम, यजु बजिको द्वितीय तथा करुणा तामाङ र सुरी श्रेष्ठ तृतीय भएका थिए ।
कराँतेमा उत्कृष्ट खेलाडीको उपाधी छात्रतर्पm डेमोन्स स्कूलका जेम्स लामा र छात्रातर्पm माउयट भ्याली स्कूलका यजु बजिकोले हात पारे भने राइजिङ स्टारको उपाधी रितिका तामाङले प्राप्त गरे ।
पदकको आधारमा उत्कृष्ट विद्यालय छनौटमा वागीश्वरी मावि प्रथम, माउण्ट भ्याली से. स्कूल द्वितीय र जेन्यूइन स्कूल तृतीय हुन सफल भए ।

Leave A Reply

Your email address will not be published.