Explore news and happenings at Bhaktapur

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई प्रमाणपत्र र मेडल वितरण

२०७७ चैत्र ३ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरब्यापी विद्यालयस्तरीय छात्र÷छात्रा ब्याडमिन्टन प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले खेलकुदको माध्यमबाट भविष्यको निम्ति राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना भएको बताउनुहुँदै नागरिकको सुस्वास्थ्यको निम्ति नगरका सबै वडाहरुमा निःशुल्क व्यायामशाला स्थापना गरेको बताउनुभयो ।
सोही कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।
मंगलबार सम्पन्न भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सिनियर छात्रतर्फ समिर याकामी (गोल्डेन गेट स्कुल) प्रथम, युनिस तिमिल्सना (पद्म मावि) द्वितीय, डिभिशविक्रम शाह (प्रभात मावि) र यमन सुवाल (प्रभात इङ्गलिस स्कूल) ले तृतीय स्थान हासिल गरेका थिए । त्यस्तै गरी जुनियर छात्रतर्फ सिबिक ज्याख्व (बागीश्वरी) प्रथम, रोजन गोरा (सामुदायिक मावि) द्वितीय, रोहित शिल्पकार (हिमालयन ग्लोरी) र रोश तमखु (क्रियटिभ इङ्गलिस स्कूल) ले तृतीय हुन सफल भएको थियो ।
ब्याडमिन्टन प्रतियोगिता सिनियर छात्रातर्फ प्रिति देशेमरु (हिमालयन ग्लोरी) प्रथम, प्रसिद्धि आगन्जा (बासु मावि) द्वितीय, सबिरा बुद्धाचार्य (द राइजिङ स्कूलं) र निकिता कोजु (प्रभात इङ्गलिस स्कूल) तृतीय भएका थिए ।
यसैगरी छात्रा जुनियरतर्फ हिमालयन ग्लोरीका रुसा जति प्रथम, बागीश्वरी माविका सेफिना लागे द्वितीय, प्रभात स्कूलका रन्जु सुलु र द राइजिङका रन्जु तामाङले तृतीय स्थान हासिल गर्न सफल भए ।

Leave A Reply

Your email address will not be published.