Explore news and happenings at Bhaktapur

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खो खो प्रतियोगिता सम्पन्न

२०७७ चैत्र ३ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. १० को आयोजनामा भएको भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खोखो प्रतियोगिता मंगलबार लामगाल चउरमा सम्पन्न भयो । कार्यक्रममा उपप्रमुख जोशीले प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो ।

खोखो छात्रतर्फको खेलमा विद्या आर्जन स्कूल प्रथम, प्रभात इङ्गलिश से. स्कूल दोस्रो, बाल विकास इङ्गलिश से. स्कूल र शारदा माविले तेस्रो स्थान हासिल गर्न सफल भए भने छात्रा खो खो खेलतर्फ बागीश्वरी मावि प्रथम, बालविकास इङ्गलिश से. स्कूल दोस्रो, बासु मावि र वाइजल्याण्ड सेकेन्डरी स्कूलले तेस्रो स्थान हासिल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.