Explore news and happenings at Bhaktapur

अन्तरनगर बुद्धिचाल प्रतियोगितामा हेटौडाको एकल अग्रता

भक्तपुर २०७७ चैत्र २ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको तेश्रो दिन चौथौ र पाँचौ चरणका खेलहरु सम्पन्न भयो । भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित खेलमा हेटौडा उपमनपा चार जीत र एक बराबरी खेलेर ९ अंकका साथ एक्लै शिर्ष स्थानमा रहेको छ । हेटौडाले चौथौंमा ललितपुर मनपालाई ३—१ अंकले हराए भने पाँचौंमा दमक नपासित बराबरी खेलेका थिए ।

चारदिने प्रतियोगितामा काठमाण्डौ, ललितपुर र दमक नपा समान ८ अंकका साथ संयुक्तरुपमा दोश्रो स्थानमा रहेका छन् । ललितपुरले पाँचौ चरणमा टोखा नपालाई ३—१ अंकले माथ गरे भने काठमाण्डाले चौथौंमा मेचीनगर नपा र पाँचौमा भक्तपुर नपा बि टिमलाई समान २.५—१.५ अंकले पराजित गरे । त्यस्तै दमकले चौथौ चरणमा भिमेश्वर नपालाई ३.५—०.५ अंकले माथ गरे ।

स्वीस लिग ७ राउण्डको खेल हुने प्रतियोगितामा भक्तपुर नपाका दुबै टिम, टोखा र गोकर्णेश्वर नपा समान ६ अंकका साथ संयुक्तरुपमा तेश्रो स्थानमा रहेका छन् ।
देशभरबाट २२ वटा नगरपालिकाहरु सहभागिता रहेको सो प्रतियोगिताको फाइनल चरणका खेलहरु भोलि बिहान ७ः३० बजे छैटौं र अपरान्ह १२ः३० बजे हुनेछन् ।

 

 

Leave A Reply

Your email address will not be published.