Explore news and happenings at Bhaktapur

भक्तपुर नगरव्यापी कब्बडी प्रतियोगिता चालु

भक्तपुर, २०७७ चैत्र २ गते सोमबार ।

0

भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा भइरहेको नगरब्यापी कब्बडी प्रतियोगिता आज दोस्रो दिन चालु रहेको छ । आज सम्पन्न छात्रा तर्फको सेमीफाइनलसम्मको खेल सम्पन्न भएको छ भने छात्रतर्फ क्वाटर फाइनलसम्मको खेल सम्पन्न भएको छ ।

आज सम्पन्न छात्रा तर्फको कब्बडी प्रतियोगितामा पारागन एकेडेमीले रोम्बस स्कूललाई ३३–३ र बागीश्वरी माविले पद्म माविलाई २४–११ ले पराजित गरेको छ भने सेमी फाइनल खेलमा पारागन एकेडेमीले बासु माविलाई ११–८ ले र साईनिङ्ग स्टुडेन्ट एकेडेमीले वागीश्वरी माविलाई ३६–२२ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी छात्र तर्फको कब्बडी प्रतियोगितामा भने वागीश्वरी माविले पद्म माविलाई ५७–४०, जेन्यूईन से. स्कूलले हिमालयन ग्लोरीलाई ६०–२६, ख्पप्रिङ्ग स्कूले बास् माविलाई ३९–३५, रोम्बस स्कूलले मिनर्वा स्कूललाई ५८–३९, पारागन एकेडेमीले शान्तिनिकेतन माविलाई ५०–४० ले पराजित गरेको छ ।

कबड्डी प्रतियोगिताको छात्र तर्फको सेमी फाइनल खेल वागेश्वरी मावि र जेन्यूइन से. स्कूल तथा ख्वप्रिङ्ग से. स्कूल र मिनर्वा बीच हुनेछ भने छात्र तर्फको फाइनल खेल तथा छात्रातर्फको पारागन एकेडेमी र साईनिङ्ग स्टुडेन्ट एकेडेमीबीचको फाइनल खेल  चैत्र ३ गते दिनको १ः०० बजे हुने ४ नं. वडा खेलकुद समितिका संयोजक पशुपति प्रजापतिले जानकारी दिनुभएको छ ।

 

Leave A Reply

Your email address will not be published.