Explore news and happenings at Bhaktapur

उसु प्रतियोगिताका विजयीलाई पदक वितरण

भक्तपुर, २०७७ चैत्र २ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा पद्म मा.वि.को प्रा·णमा भएको नगरब्यापी विद्यालयस्तरीय उसु प्रतियोगिताको उद्घाटन सोमबार गर्नुभयो । कार्यक्रमको समापन भनपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सोही दिन सम्पन्न भयो ।

कार्यक्रममा उपप्रमुख जोशीले समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

ब्वाइज् तिलूमा जेसिस् ई. स्कूलका समिट श्रेष्ठ, लिटिल वल्र्ड स्कूलका एलेक्स सुवाल र जेसिस् ई. स्कूलका उत्सब खाईतु क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने गल्र्स तिलूमा जेसिस् ई. स्कूलका अदिति बिरवल, मतिना कोजू र उजा नापित क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए ।

ब्वाइज् सान्चो २५–३० केजी तौल समूहमा जेसिस् ई. स्कूलका रिडम लामा, जनिथ कोजू, रेमण कोजू क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने गल्र्स सान्चो २५–३० केजी तौल समूहमा मेधा माविका आयुश्री शिल्पकार, ज्ञान विजय माविका सृजना क्षेत्री र हिमालयन स्कूलका कृजना कुचुमणी क्रमशः प्रथम,द्वितीय र तृतीय हुन सफल भए ।

ब्वाइज् सान्चो ३०–३५ केजी तौल समूहमा जेन्यूइन ई. स्कूलका दिब्यांसु सुवाल, जेसिस् ई. स्कूलका समिर गोर्खाली र निग्मा लामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए भने गल्र्स सान्चो ३५–४५ केजी तौल समूहमा जेसिस् ई. स्कूलका कृति थापा, रजिशा कोजू र अनुष्का विखल क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।

ब्वाइज् सान्चो ४०–४८ केजी तौल समूहमा जेसिज् ई. स्कूलका अनुज धौभडेल, पद्म माविका धिरज कुमार मण्डल र विशेष खर्बुजा क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने ४८–५२ के.जी तौल समूहमा जेजिस् ई. स्कूलमा कृतिन सुवाल प्रथम, पद्म माविका विशेष मोक्तान द्वितीय हुन सफल भए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि छात्रतर्फ श्री पद्म माविका धिरज कुमार मण्डल र छात्रातर्फ जेसिस् ई. स्कूलका अदिति बिरवलले प्राप्त गर्न सफल भए ।

Leave A Reply

Your email address will not be published.