Explore news and happenings at Bhaktapur

नगरब्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता सम्पन्न

भक्तपुर, २०७७ चैत्र २ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा माहेश्वरी खेलमैदानमा भएको नगरब्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता सोमबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यका साथै खेलकुदलाई प्राथमिकतामा राख्दै विद्यार्थीहरुले हार जित भन्दा पनि सिकाईको रुपमा खेलकुदलाई लिनुपर्ने बताउनुभयो ।

खेलकुदलाई अनुशासनसँग तुलना गर्दै उहाँले खेलको माध्यमबाट आपूmलाई परिचित बनाउन अझ बढी मिहेनत र लगनशीलताको खाँचो रहेको भन्नुहुँदै खेलाडीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलहरुमा भाग लिई देशकै गौरब बढाउनुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि प्रजापतिले समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
६० मीटर दौड प्रतियोगिताको छात्रतर्पm रोहित तामाङ (गणेश मावि), अभ्यास बस्नेत (प्रभात ई स्कूल) र अनिल तामाङ (समाज सुधार मावि) क्रमशः प्रथम,द्वितीय र तृतीय भएका थिए भने छात्रातर्पm सोही विधामा श्रीतृ ग्वाछा (सूर्योदय मावि), सविना श्रेष्ठ (प्रभात ई. स्कूल) र निरुता तामाङ (प्रोक्सिमा इन्टरनेशनल) क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

१५०० मीटर दौड प्रतियोगिताको छात्रतर्फ रोनिश लासिवा (प्रभात ई. स्कूल), मुन्ताज मोहम्मद (गणेश मावि) र कृजल फाँजु (जेसीस् ई. स्कूल) क्रमशः प्रथम,द्वितीय र तृतीय भएका थिए भने छात्रातर्फ सोही विधामा दिया दनुवार (वागीश्वरी मावि), मनिषा मानन्धर (वागीश्वरी मावि) र रिमा तामाङ (गणेश मावि) क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

३०० मीटर दौड प्रतियोगितामा विश्वराम कुँवर (गणेश मावि), लाल बहादुर थापा (वागीश्वरी मावि) र अजय क्षेत्री (बासु मावि) क्रमशः प्रथम,द्वितीय र तृतीय भएका थिए भने छात्रातर्पm सोही विधामा छात्रातर्फ स्वागता खाइजु (जेसीज् ई. स्कूल), स्वस्तिका कर्माचार्य (जेसीज् ई. स्कूल) र निशा ब्लोन (गणेश मावि) क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए।

सटपुट छात्रतर्पm डिबास विक्रम शाही (प्रभात ई. स्कूल) प्रथम, अर्जुन मानन्धर (वागीश्वरी मावि) द्वितीय र रवि वाडी (वाईज ल्याण्ड ई. स्कूल) तृतीय हुन सफल भएको थियो । सटपुट छात्रातर्फ कविता डाँगी (वाईज ल्याण्ड ई. स्कूल) प्रथम, स्वागता खाइजु (जेसीस् ई. स्कूल) द्वितीय र रुविसा सितिखु (प्रभात ई. स्कूल) तृतीय हुन सफल भए ।

ज्याब्लीन थ्रो छात्रतर्फ अर्जुन मानन्धर (वागीश्वरी मावि) प्रथम, नेत्र सुनार (जेसीस् ई. स्कूल) द्वितीय र अमन माझी (समाज सुधार मावि) तृतीय भए भने ज्याब्लीन थ्रो छात्रातर्फ निशा ब्लोन (गणेश मावि) प्रथम, स्वस्तिका कर्माचार्य (जेसीस् ई. स्कूल) द्वितीय र प्रिति प्रधानाङ्ग (वाइजल्याण्ड ई. स्कूल) तृतीय हुन सफल भए ।

Leave A Reply

Your email address will not be published.