Explore news and happenings at Bhaktapur

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु

भक्तपुर, २०७७ चैत्र १ गते आइतबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत वडा नं. ४ को आयोजनामा भइरहेको कब्बडी प्रतियोगिताको नगर प्रमुख सुनिल प्रजापतिले आज एक समारोहबीच उद्घाटन गर्नुभयो । आजबाट शुरु भएको सो प्रतियोगिताको पहिलो चरणको खेलमा वागीश्वरी माविले साईनिङ्ग स्टुडेन्ट एकेडेमीलाई ६०–२७ले, जेन्यूइन सेकेण्डरी स्कूलले गोल्डेन गेट सेकेण्डरी स्कूललाई ४६–२३ ले, ख्वप्रिङ्ग ई. एकेडेमीले माउण्ट भ्याली स्कूललाई ५५–२२ ले, रोम्बस नेशनल स्कूलले शान्ति निकेतन माविलाई ५३–५० ले, पद्म माविले साइनिङ्ग स्टुडेण्ट एकेडेमीलाई ६२–३६ ले, गोल्डेन गेट से. स्कूलले हिमालयन से. स्कूललाई ४१–३४ले, पारागन एकेडेमीले रोम्बस नेशनल स्कूललाई ५२–४२ले, मिनर्वा से. स्कूलले शान्ति निकेतन माविलाई ५८–३४ ले पराजित गरेको थियो भने हिमालयन से.स्कूल र माउण्ट भ्याली से. स्कूलको खेल ३८–३८ बराबरीमा टुङ्गिएको थियो ।
चैत्र २ गते साईनिङ्ग स्टुडेण्ट एकेडेमी र सूर्योदय से. स्कूल, वागीश्वरी र पद्म मावि, जेन्यूइन र हिमालयन से. स्कूल, ख्वप्रिङ्ग र बासु मावि, रोम्बस नेश्नल स्कूल र मिनर्वा ई. स्कूल तथा शान्ती निकेतन मावि र पारागन एकेडेमीबीच हुनेछ भने लिग चरण पश्चात प्रत्येक टिमबाट २ वटा समूह बीचको क्वाटर फाइनल खेल पनि सोही दिन हुने आयोजक समितिले जनाएको छ ।

त्यसैगरी कब्बडी छात्रातर्पmको खेलमा पद्म माविले रोम्बस नेश्नल स्कूललाई ४६–४३, पारागन एकेडेमीले वागीश्वरी माविलाई ३७–२६ले, साइनिङ्ग स्टुडेण्ट एकेडेमीले बासु माविलाई ३३–८ले, वागीश्वरी माविले रोम्बस नेश्नल स्कूललाई ४३–१५ले र पारागन एकेडेमीले पद्म माविलाई ३५–१४ले पराजित गरेको थियो । चैत्र २ गते सूर्योदय मावि र बासु मावि, रोम्बस नेश्नल स्कूल र पारागन एकेडेमी तथा पद्म मावि र वागीश्वरी माविबीच र लिग चरण पश्चात प्रत्येक टिमबाट २ वटा समूहहरुको सेमी फाइनले खेल पनि सोही दिन हुने आयोजक समितिले जनाएको छ ।

वडा नं ५ को आयोजनामा विद्यार्थी निकेतन माविको प्राङ्गणमा भइरहेको तेक्वाण्डो प्रतियोगिताको आज सम्पन्न खेलमा छात्र तर्पm तृतीय हुनेहरुमा ४१–४५ तौल समूहमा दौद लामा (गोल्डेन गेट स्कूल) र कृष तुईतुई (सूर्योदय स्कूल), ३७–४१ तौल समूहमा समिर मशी (क्रियटिभ स्कूल) र समीत थकारी (रोम्बस स्कूल), ३३–३७ तौल समूहमा महेन्द्र आचार्य (वागीश्वरी मावि र असिम मोक्तान (श्याक्रिड हार्ड एकेडेमी), २९–३३ तौल समूहमा कौशल तामाङ्ग (क्रियटिभ स्कूल) र विपिन तामाङ्ग (आदर्श आजाद मावि) रहेका थिए ।
त्यसै गरी छात्रातर्पm ४५–४९ तौल समूहमा तृतीय हुनेहरुमा आयुषा किलम्बू (मेधा मावि) र परिशा दुवाल (लिटिल वल्र्ड), ३७–४१ तौल समूहमा परिशा मल्ला ठकुरी(पद्म मावि) र सन्जली तामाङ्ग (शारदा मावि), ३३–३७ तौल समूहमा स्वर्ण प्रजापति (बाल विकास ई.स्कूल) र अनिश श्रेष्ठ (स्प्रिङ्गडेल ई. स्कूल), २५–२९ तौल समूहमा अलिशा लामा (लिशा ई. स्कूल) र सुप्रिया बस्नेत (वागीश्वरी मावि) तथा अन्डर २५ केजी तौल समूहमा आष्मा कार्की (बाल विकास ई. स्कूल) रहेका थिए ।

त्यसैगरी वडा नं. ९ को आयोजनामा सुटर्स फुटसल, राममन्दिरमा भइरहेको फुटसल प्रतियोगिताको उद्घाटन खेल बासु माबि. विरुद्ध प्रभात ईङ्गलिस माबि बीच भएको खेलमा ०–४ गोलले प्रभातले जीत हासिल गरे । पारागन एकेडेमी र शान्ति निकेटन माबि बीच भएको खेलमा ४–२ पारागनले जीत हासिल गरे । बागिश्वरी माबि र सन साइन नेसनल स्कूल बीच भएको खेलमा २–४ गोलले सनसाइनले जीत हासिल गरे । डेमोस ई. स्कूल र मेघा माबि बीच भएको खेलमा ३–०ले डेमोसले जीत हासिल गरे । पद्म उमाबि र अक्सफोर्ड प्राक्टिकल ई. स्कूल बीच भएको खेलमा ०–१ ले अक्सफोर्डले जित हासिल गरे । वाइजल्याण्ड ई.स्कूल र गोल्डेन गेट बीच भएको खेलमा १–२ गोलले गोल्डेन गेटले जित हासिल गरे । ग्लीटर फ्युचर ई.स्कूल र जेन्युइन बीच भएको खेलमा ३–२ ग्लीटर फ्युचरले जित हासिल गरे । ख्वप्रिङ्ग एकेडेमी र मिनर्वा ई.स्कूल बीच भएको खेलमा ०–२ गोलले मिनर्वाले जित हासिल गरे ।
प्रिक्वाटर फाइनल खेलमा हिमालयन ग्लोरी ई.स्कुल र प्रभात ई.माबि बीच भएको खेलमा ०–१ ले प्रभातले जित हासिल गरे । पारागन एकेडेमी र सूर्यदय माबि बीच भएको खेलमा २–० गोलले पारागनले जीत हासिल गरे । प्रोक्सिमा इन्टरनेशनल एकेडेमी र सनसाईन नेशनल माबि बीच भएको खेलमा ०–१० गोलले सनसाईनले जित हासिल गरे । गोल्डेनगेट र विद्या आर्जन बीच भएको खेलमा ३–४ गोलले विद्या आर्जनले जित हासिल गरे । ग्लीटर फ्युचर र क्रियटिभ बीच भएको खेलमा ३–४ले क्रियटिभले जित हासिल गरे । डेमोस र न्यातापोल बीच भएको खेलमा १–० गोलले डेमोसले जित हासिल गरे । रोम्बस र मिनर्वा बीच भएको खेलमा ५–२ ले रोम्बसले जित हासिल गरे । अक्सफोर्ड र जागृती बीच भएको खेलमा ४–३ गोलले अक्सफोर्डले जित हासिल गरे ।
क्वाटर फाइनल खेलमा प्रभात विरुद्ध पारागन बीच भएको खेलमा २–१ गोलले प्रभातले जित हासिल गरे । सनसाइन र विद्या आर्जन बीच भएको खेलमा २–० गोलले सनसाइनले जित हासिल गरे । क्रियटिभ र डेमोस बीच भएको खेलमा ०–६ गोलले डेमोसले जित हासिल गरे । रोम्बस र अक्सफोर्ड बीच भएको खेलमा ५–४ गोलले रोम्बसले जित हासिल गरे ।
भोलि विहान ९ः०० बजे सेमि फाइनल खेल प्रभात ई.माबि र सनसाइन नेशसन माबि बीच हुनेछ भने अर्को डेमोस र रोम्बस बीच हुनेछ । फाइनल खेल दिनको १२ः०० बजे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण समेत हुने प्रशिक्षक इन्द्र राजलवटले बताउनुभयो ।
नगरब्यापी विद्यालयस्तरीय खेलकुद अन्तर्गतको ब्याडमिन्टन प्रतियोगिता ८ नं. वडा कार्यालयको आयोजनमा ख्वप ईन्जिनियरिङ्ग कलेजमा सञ्चालन भइरहेको छ भने वडा नं. १० को आयोजनामा भइरहेको खो–खो प्रतियोगिताको सेमी फाइनल खेल चैत्र २ गते हुनेछ ।

नगरब्यापी विद्यालयस्तरीय खेलकुद अन्तर्गतकै वडा नं. ७ को आयोजनामा हुने एथ्लेटिक्स प्रतियोगिता माहेश्वरी खेल मैदानमा चैत्र २ गते विहान ७ः०० बजेबाट हुने र वडा नं. ३ को आयोजनामा हुने उसु प्रतियोगिता सोही दिन विहान ८ः०० बजे पद्म माविको प्राङ्गणमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.