Explore news and happenings at Bhaktapur

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस प्रतियोगिता सम्पन्न

भक्तपुर, २०७७ चैत्र १ गते आइतबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मिति २०७७ फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत २ नं. वडा समितिको आयोजनामा बासु मावि, कालिघाटमा भइरहेको टेबुल टेनिस प्रतियोगिताको समापन कार्यक्रम आज सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासको लागि खेलकुद अपरिहार्य रहेको बताउनुहुँदै विद्यार्थीहरुले शिक्षा र खेललाई सँगसँगै अगाडि लानुपर्ने जोड दिनुभयो ।

टेबुल टेनिस प्रतियोगिताको विभिन्न इभेन्टस्मा उत्कृष्ट खेलाडीहरुलाई प्रमुख प्रजापतिले पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा ब्वाईज टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमी प्रथम, द राईजिड्ड ईड्डलिश स्कूल द्वितीय तथा हिमालयन ग्लोरी इड्डलिश स्कूल र जेन्यूइन सेकेण्डरी स्कूल तृतीय हुन सफल भएको थियो भने गल्र्स टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमी प्रथम, प्रभात ईड्डलिश स्कूल द्वितीय तथा जेन्यूइन सेकेण्डरी स्कूल र माउण्ट भ्याली स्कूल तृतीय हुन सफल भएको थियो ।

त्यसैगरी ब्वाईज यु–१६ इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका उज्ज्वल न्हुछे प्रथम, प्रभात ई. स्कूलका प्रज्ज्वल गोथे द्वितीय र प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका सफल लामा र हिमालयन ग्लोरी ई. स्कूलका विमित पञ्च तृतीय हुन सफल भएको थियो ।
गल्र्स यु–१६ इभेन्टमा भने प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका दिया देउला प्रथम, प्रभात ई. स्कूलका आरती सुवाल द्वितीय र प्रभात ई. स्कूलकै कृतिका तामाड्ड र प्रदिपा सुवाल तृतीय हुन सफल भएको थियो ।

प्रतियोगिताको अर्को इभेन्ट ब्वाईज यु–१२ मा माउण्ट भ्याली ई. स्कूलका सोहन गोर्खाली प्रथम, प्रोक्सिमा ईन्टरनेशनल एकेडेमीका विशाल कवां द्वितीय र प्रभात ई. स्कूलका रोशन त्यात र माउण्ट भ्याली ई. स्कूलका अभिनव अधिारी तृतीय हुन सफल भएको थियो ।
गल्र्स यु–१६ इभेन्टमा भने प्रभात ई. स्कूलका क्यारिना सुवाल प्रथम, प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका नर्मदा खाइतु द्वितीय र प्रोक्सिमा इन्टरनेशनल एकेडेमीकै सृष्टिका लिवी र प्रभात ई. स्कूलका सौरभी कोजू तृतीय हुन सफल भएको थियो ।

कार्यक्रममा मिति २०७७ चैत्र २ गतेदेखि हुने देशव्यापी वडास्तरीय टेबुलटेनिस प्रतियोगितामा भक्तपुर नगरपालिकाको तर्फबाट सहभागी हुने विभिन्न वडाका खेलाडीहरुलाई जर्सी वितरण गरिएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.