Explore news and happenings at Bhaktapur

नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट

भक्तपुर, २०७७ चैत्र २ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सम्पन्न नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगिताको समापन कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले खेलकुदले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासमा टेवा पु¥याउने बताउनुहुँदै विद्यार्थीले खेलकुद सँगसँगै शिक्षा र अनुशासनमा जोड दिनुपर्ने बताउनुभयो ।
भनपा–५ स्थित विद्यार्थी निकेतन माविको प्रा·णमा भइरहेको तेक्वाण्डो प्रतियोगिताको आज सम्पन्न खेलमा मेडलको आधारमा प्यारागन एकेडमी प्रथम, वागीश्वरी मावि द्वितीय र रोम्बस स्कूल तृतीय हुन सफल भएका छन् ।
आज सम्पन्न खेलहरुमा छात्र तर्पm ४१–४५ केजी समूहमा समन कार्की (रोम्बस स्कूल) प्रथम, प्रशान्त श्रेष्ठ (लिटिल वल्र्ड) द्वितीय र दाउड लामा (गोल्डेन गेट स्कूल) र कृष तुईतुई (सूर्योदय स्कूल) तृतीय हुन सफल भए ।
त्यसैगरी ३७–४१ केजी समूहमा राजेश कार्की (पारागन एकेडेमी) प्रथम, पुकार जोशी (शान्ति निकेतन) द्वितीय, सुमित ठकुरी (रोम्बस) र समिर माझी (क्रियटिभ स्कूल) तृतीय हुन सफल भएका छन् ।
छात्र तर्पm ३३–३७ केजी समूहमा विज्ञान लामा (लिशा) प्रथम, एलेक्स सुवाल (हिमालयन ग्लोरी) द्वितीय, महेन्द्र आचार्य (वागीश्वरी मावि) र असिम मोक्तान (स्याक्रिड हार्ट एकेडेमी) तृतीय भएका छन् ।
छात्र तर्पm २९–३३ केजी समूहमा दिपेश लवजु (वागेश्वरी मावि) प्रथम, श्रीजन मारिखु (रोम्बस) द्वितीय, कुशल तामाङ (क्रियटिभ स्कूल) र विपिन तामाङ (आदर्श आजाद मावि) तृतीय हुन सफल भए ।
छात्र तर्पm २५–२९ केजी समुहमा सौरभ के.सी. (रोम्बस) प्रथम, विजय तामाङ (वागीश्वरी) द्वितीय, सौगात तामाङ (पारागन) र रन्जीत गोले (श्री सिद्धि शारदा) तृतीय भएका छन् ।
छात्र तर्पm छात्र अन्डर २५ केजी समूहमा सिमोन विक (पारागन) प्रथम, मेरित अधिकारी (लिटिल वल्र्ड) द्वितीय, डायमण्ड जति (बाल विकास) र रिशल शंकर (समता) तृतीय हुन सफल भए ।
त्यसै गरी छात्रातर्पm ४५–४९ केजी तौल समूहमा सृष्टि पौडेल (ख्वप) प्रथम, संगिता लामा (समता) द्वितीय, आयुषा किलम्बू (मेधा मावि) र परिशा दुवाल (लिटिल वल्र्ड) तृतीय भएका छन् । छात्रातर्फ ४१–४५ केजी तौल समूहमा सोफिया त्यात (क्रियटिभ) प्रथम, इनिषा मगर (वागीश्वरी मावि) द्वितीय, एन्जेलिका राउत (जेन्यून मावि) र विपना घर्तिमगर (बासु) तृतीय हुन सफल भए ।
छात्रातर्फ ३७–४१ केजी तौल समूहमा रितिका महर्जन (पारागन) प्रथम, सलिना राई (रोम्बस) द्वितीय, प्रिन्शा मल्ल ठकुरी (श्री पद्म मावि) र सन्जली तामाङ (श्री सिद्धि शारदा मावि) तृतीय हुन सफल भएको थियो ।
छात्रातर्फ ३३–३७ केजी तौल समूहमा जेनीफर दुवाल (पारागन) प्रथम, प्राची किवानायो (क्रियटिभ) द्वितीय, स्वर्ण प्रजापति (बाल विकास ई.स्कूल) र एनि श्रेष्ठ (स्प्रिङडेल ई. स्कूल) तृतीय हुन सफल भएका थिए ।
छात्रातर्फ नै २५–२९ केजी तौल समूहमा क्यारिजा लामा (गोल्डेन गेट) प्रथम, अनामिका रानामगर (स्प्रिङडेल) द्वितीय, अलिशा लामा (लिशा ई. स्कूल) र सुप्रिया बस्नेत (वागीश्वरी मावि) तृतीय भएका थिए ।
गल्र्स अन्डर २५ मा सुस्मिता शाही (वागीश्वरी) प्रथम, समीषा बस्नेत (स्प्रिङडेल) द्वितीय र आष्मा कार्की (बाल विकास ई. स्कूल) तृतीय हुन सफल भए ।

Leave A Reply

Your email address will not be published.