Explore news and happenings at Bhaktapur

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय भलिबल प्रतियोगिता सम्पन्न

भक्तपुर, २०७७ चैत्र १ गते आइतबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मिति २०७७ फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भइरहेको भलिबल प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भयो ।
समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरलाई शिक्षा, स्वास्थ्य सँगसँगै खेलकुदको माध्यमबाट चिनाउन खेलाडीहरु अगाडि बढ्नुपर्ने बताउनुहुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नको लागि समेत तयार हुनुपर्ने बताउनुभयो ।
भलिबल प्रतियोगिताको छात्रतर्फ श्री पद्म मा.वि.ले प्रथम स्थान, वागीश्वरी मा.वि.ले द्वितीय स्थान तथा ख्वप मा.वि.ले तृतीय स्थान हासिल गरेको थियो । उत्कृष्ट  तीनै समूहका छात्रहरुलाई प्रमुख प्रजापतिले पदक तथा प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।
त्यसैगरी छात्रातर्फको भलिबल प्रतियोगितामा उत्कृष्ट हुन सफल श्री पद्म मा.वि.ले प्रथम स्थान, ख्वप मा.वि.ले द्वितीय स्थान र वागीश्वरी मा.वि.ले तृतीय स्थान हासिल गर्न सफल भएको थियो । उत्कृष्ट  तीनै समूहका छात्राहरुलाई उपप्रमुख रजनी जोशीले पदक तथा प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।
 
छात्रतर्पm उत्कृष्ट खेलाडीको उपाढी श्री पद्म माविका प्रदिप तोलाङ्ग घोषित भएको थियो भने छात्रातर्फ श्री पद्म माविकै स्मृति खड्काले सो उपाढी हासिल गरेको थियो ।
 
आज सम्पन्न प्रतियोगिताका सबै उत्कृष्ट विद्यालयहरु र उत्कृष्ट खेलाडीहरुलाई ट्रोफी वितरण चैत्र ३ गते हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र नगरब्यापी विद्यालस्तरीय खेलकुद प्रतियोगिताको समापन समारोहमा ट्रोफी वितरण गरिनेछ ।

Leave A Reply

Your email address will not be published.