Explore news and happenings at Bhaktapur

अन्तर नगरपालिका बुद्धिचाल चालु

भक्तपुर २०७७ चैत्र १ गते आइतबार ।

0

भक्तपुर नगरपालिकाद्धारा आयोजित मिति २०७७ फागुन २९ गतेदेखि सञ्चालन गरिरहेको अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भयो । भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित खेलमा ललितपुर मनपा र हेटौडा उपमनपा समान ६ अंकका साथ संयुक्तरुपमा शिर्ष स्थानमा रहेका छन् । ललितपुरले दोश्रो खेलमा भक्तपुर नपालाई ३.५—०.५ अंकले हराए भने तेश्रोमा भिमेश्वर नपालाई रोचक प्रतिस्पर्धात्मक खेलमा २.५—१.५ अंकले विजय प्राप्त गरेको थियो ।

त्यसैगरी हेटौडाले दोश्रो राउण्डमा काठमाण्डौको गोकर्णेश्वर नपालाई २.५—१.५ अंकले र तेश्रोमा काठमाण्डौ महानगरलाई ३—१ ले पराजित गरे ।
स्वीस लिग ७ राउण्डको खेल हुने प्रतियोगितामा झापाको दमक नपा २ जित र एक बराबरी गरी ५ अंकका साथ तेश्रो स्थानमा छन् । दमकले दोश्रो राउण्डमा काठमाण्डौको नागार्जुन नपालाई ४—० ले हराए भने तेश्रोमा काठमाण्डौको गोकर्णेश्वर नपासित बराबरी खेले ।

त्यसैगरी भक्तपुर नपाका दुबै टिम समान ४ अंकका साथ संयुक्तरुपमा तेश्रो स्थानमा रहेका छन् । यस्तै गरी कामनपा, टोखा नपा, मेचीनगर नपा, भिमेश्वर नपा र बनेपा नगरपालिकाले पनि समान ४ अंक जोडेका छन् ।
चार दिने प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाहरु सहभागी छन् ।

भोलि बिहान ८ः०० बजे चौथौं र अपरान्ह १ः३० बजे पाँचौ चरणका खेलहरु हुनेछन् ।

 

 

Leave A Reply

Your email address will not be published.