Explore news and happenings at Bhaktapur

अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबारे प्रेस विज्ञप्ति

२०७७ फागुन २१ गते, शुक्रबार

0

पत्रकार मित्रहरू,

भक्तपुर नगरपालिकाले कला—संस्कृति संरक्षणसँगै खेलकुदलाई पनि उत्तिकै जोड दिइरहेको छ । प्रत्येक युवालाई कुनै न कुनै खेलमा सहभागी गराउनुपर्छ भन्ने मान्यताअनुरुप भक्तपुर नपाले भलिबल, फुटबल, टेबुलटेनिस, बक्सिङ, कराँते, जिम्नेष्टिकलगायत ६ वटा खेलहरूको नियमित प्रशिक्षण चलाउँदै आएको छ । विद्यालयहरूमा खेलहरूको विकास गर्ने उद्देश्यअनुसार पूर्णकालीन प्रशिक्षकहरूको व्यवस्था गरी विद्यालय स्तरदेखि नै खेललाई जीवनको अभिन्न अंग बनाउने प्रयास पनि भक्तपुर नपाले गर्दैछ ।

समय—समयमा हुने खेलकुद प्रतियोगिताहरूले मात्रै राम्रा खेलाडीहरू तयार हुनेछन् । यही मान्यता अनुसार भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष एउटा खेलको अन्तर नगर प्रतियोगिता गर्दै आएको छ । पहिलो वर्ष अन्तर नगर भलिबल प्रतियोगिता, दोस्रो वर्ष अन्तर नगर सितेरिया कराँते प्रतियोगिता र तेस्रो वर्ष एथ्लेटिक्स प्रतियोगिता सफलताका साथ सम्पन्न ग¥यौं । हरेक वर्षको प्रतियोगिताले हामीलाई हौसला र उत्साह प्रदान गरेको छ । निर्वाचनको बेला व्यक्त गरिएका हाम्रा हरेक प्रतिबद्धताहरू दृढताका साथ पूरा गर्दैछौं ।

२०७७ साल हामी कसैको निम्ति सुखद् रहेन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण लामो समय बन्दाबन्दीमै बित्यो । त्यस अवधिमा धेरै मानिसहरू कोभिड संक्रमित भए । खेलाडीहरू पनि त्यसबाट अछुतो रहेनन् । नागरिकहरूबीच भौतिक दुरी कायम गरी सबै खाले स्वास्थ्य मापदण्ड अपनाएर अघि बढनुपर्ने समयमा खेलकुद गतिविधिहरू सञ्चालन सम्भव थिएन । अझै पनि कोभिड संक्रमणको डर पुरै हटिसकेको छैन । बिस्तारै जनजीवन सहज हुँदै गएपछि ढिलै भए पनि यो वर्ष पनि विगतका वर्षहरूमा झैं अन्तर नगर खेलकुद प्रतियोगितामा बुद्धिचाल प्रतियोगिता गर्ने निष्कर्षमा पुग्यौं ।

बुद्धिचाल खेलमा भक्तपुर देशकै अग्रणी जिल्लामध्ये पर्दछ । देशका १० जना अन्तर्राष्ट्रिय आर्विट्ररमध्ये भक्तपुरका २ जना छन् । राष्ट्रिय आर्विट्ररको लाइसेन्स प्राप्त देशभरिका ५० जनामध्ये भक्तपुर जिल्लाका मात्र १० जना छन् । तसर्थ प्राविधिक दृष्टिकोणले भक्तपुर निकै अगाडि छ । १९ वर्षमुनिको राष्ट्रिय उत्कृष्ट (राष्ट्रिय च्याम्पियन) खेलाडी पनि भक्तपुरकै छन् । भक्तपुरका खेलाडीहरु १२ वर्षमुनिको, १६ वर्षमुनिको र १९ वर्षमुनिको समूहमा नेपाल च्याम्पियन भइसकेका छन् । भक्तपुरले बि.सं. २०६१ सालमा बुद्धिचाल खेलमा राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । भक्तपुर नगरपालिकाले हरेक वर्ष आयोजना गर्ने विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा बुद्धिचाल पनि समावेश गरेको छ । गत वर्ष नपाले आयोजना गरेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका विधाहरुमा सबैभन्दा बढी बुद्धिचालमा ३९ वटा विद्यालयबाट २२० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

यो वर्ष छोटो समयमा बुद्धिचाल संघका साथीहरूले निकै मिहिनेत गरी प्रतियोगिता सञ्चालनको तयारी गर्नुभयो । प्रतियोगिता तयारीको क्रम चालू छ । विगतका वर्षहरूमा झैं यो वर्ष हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता पनि भव्य रुपमा सम्पन्न हुने आशा गर्दछौं ।

अन्तर नगर बुद्धिचाल प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष श्री नारायणमान बिजुक्छेँ (रोहित)ले गर्नुहुनेछ । २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने उक्त प्रतियोगिता आयोजक मूल समारोह समिति र सचिवालय, निर्णायक समिति, स्वयम्सेवक परिचालन समिति, प्रचार समिति, पुरस्कार व्यवस्थापन समिति, जलपान समिति, यातायात तथा बास व्यवस्थापन समिति, ¥याली व्यवस्थापन समिति, मञ्च तथा ग्राउण्ड व्यवस्थापन समिति, प्राथमिक उपचार समिति र खेलाडी निरीक्षण समिति—उपसमितिहरू गठन गरी ती समितिहरूमार्फत तयारीको कार्यहरू भइरहेका छन् ।

खुशीको कुरा हो, अन्तर नगर बुद्धिचाल प्रतियोगिता अवधिमै भक्तपुर नगरभित्र रहेका विद्यालयहरूबीच अन्तर विद्यालय खेलकुद प्रतियोगिता पनि चलिरहनेछ । गत वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगितामा ७२ वटा विद्यालयबाट २१०० भन्दा बढी विद्यार्थीहरूले भाग लिएका थिए भने यो वर्ष अझ बढी विद्यालय र विद्यार्थीहरूले भाग लिने हामीले आशा गरेका छौं । त्यसको तयारीमा पनि खेलाडी साथीहरू जुटिरहनुभएको छ । प्रतियोगिता अवधिभर सिंगो भक्तपुर नगर खेलकुदमय हुने अपेक्षा हामीले गरेका छौं । यस वर्ष भलिबल, टेबुलटेनिस, उसु, कबड्डी, टेक्वान्डो, कराँते, एथ्लेटिक्स, ब्याटमिन्टन, फुटसल र खो—खो प्रतियोगिता सञ्चालन हुनेछ ।
युवाहरूलाई धुम्रपान, मद्यपान तथा लागूऔषध दुव्र्यसनी जस्ता विकृतिहरूबाट जोगाइ एक अनुशासित नागरिक तयार गर्ने हाम्रो उद्देश्य हो । समाजलाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले नगरका वडा वडामा शारीरिक व्यायामको लागि व्यायामशालाहरूको स्थापना गरेका छौं भने कलेजहरूमा पनि त्यसको क्रमशः बिस्तार गर्दैछौं ।

प्रतियोगितामा विभिन्न जिल्लाबाट हालसम्म जम्मा २२ वटा नगरपालिकाहरूले भाग लिन नाम दर्ता गराइसकेका छन् । ती नगरपालिकाहरूको नाम यसप्रकार छन् —
१) मध्यपुर थिमी नगरपालिका
२) बनेपा नगरपालिका
३) भक्तपुर नगरपालिका ‘ए’
४) भक्तपुर नगरपालिका ‘बी’
५) भिमेश्वर नगरपालिका
६) बुटवल उपमहानगरपालिका
७) चाँगुनारायण नगरपालिका
८) दैलेख नगरपालिका
९) दमक नगरपालिका
१०) धरान उपमहानगरपालिका
११) हेटौडा उपमहानगरपालिका
१२) कैलाली नगरपालिका
१३) काठमाडौं महानगरपालिका
१४) किर्तिपुर नगरपालिका
१५) ललितपुर महानगरपालिका
१६) महालक्ष्मी नगरपालिका
१७) नागार्जुन नगरपालिका
१८) नेपालगञ्ज उपमहानगरपालिका
१९) पोखरा महानगरपालिका
२०) राजबिराज नगरपालिका
२१) रुकुम नगरपालिका
२२) सूर्यविनायक नगरपालिका
२३) टोखा नगरपालिका

प्रतियोगितामा प्रथम हुने टीमलाई १,५०,०००।–, दोस्रोलाई १,००,०००।–, तेस्रो टीमलाई ५०,०००।– र प्रत्येक बोर्डको उत्कृष्ट खेलाडीलाई प्रति खेलाडी रु. ५,०००।– नगद पुरस्कार प्रदान गरिनेछ । यस प्रतियोगिता सञ्चालन गर्न कूल रू. २६ लाख रकम बजेट विनियोजन गरिएको छ ।

मित्रहरू,
खेलकूदको लागि आवश्यक पूर्वाधारहरू विना राम्रा राम्रा खेलाडी उत्पादन सहज छैन । हामीले विभिन्न खेलकुदलाई अगाडि बढाउन यसका पूर्वाधारहरू निर्माण कार्यमा पनि जोड दिएका छौं । भक्तपुर नपा वडा नं. ८ मा कबर्ड हल निर्माण भइरहेको छ भने भक्तपुर नपा वडा नं. १० मा कबर्ड हल निर्माण कार्य निकट भविष्यमै सुरु हुँदैछ ।

अन्त्यमा, आगामी फागुन २९गते बिहान ७ बजे उद्घाटन ¥याली भक्तपुर नपा वडा नं. १ स्थित वडा कार्यालय अगाडिबाट सुरु भई नगरको मुख्य बजार नासमना, टौमढी, सुकुलढोका, इनाचो, तचपाल, सूर्यमढी, च्याम्हासिंह हुँदै प्रतियोगिता स्थलमा पुगी उद्घाटन कार्यक्रम हुनेछ । यस प्रतियोगिताबारे आ–आफ्नो सञ्चार माध्यमबाट व्यापक प्रचारप्रसार गरी सहयोग गरिदिनुहुन सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई हार्दिक अनुरोध गर्दछौं ।

भक्तपुर नगरपालिका
२०७७ फागुन २१ गते, शुक्रबार

Leave A Reply

Your email address will not be published.