Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरूलाई ट्रयाक सुट वितरण

२०७७ फागुन १७ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागार्जुन बक्सिङ खेलकुद विकास समितिको आयोजनामा फागुन १९ गतेदेखि २२ गतेसम्म हुने ‘वीर गणेशमान सिंह बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ मा भक्तपुर नगरपालिकाको तर्फबाट सहभागी खेलाडीहरुलाई सोमबार ट्रयाकसुट वितरण गर्नुभयो ।

खेलाडीहरुलाई मार्गनिर्देश गर्नुहुँदै प्रमुख प्रजापतिले खेलाडीहरुले डराएर होइन आत्मबिश्वास बलियो बनाएर अनुशासित ढंगले खेलमा सहभागी हुनुपर्नेमा जोड दिनुहुँदै कुनै पनि प्रतियोगितामा हुने हार र जीतले मानिसलाई शिक्षा प्रदान गर्ने बताउनुभयो ।

भक्तपुर नगरलाई खेलाडीहरुको नगरको रुपमा परिचित गर्न र नगरबासी युवाहरुलाई सक्रिय र क्रियाशील बनाउन प्रत्येक वर्ष अन्तरनगर प्रतियोगिता गर्दै आएको र विभिन्न खेल प्रशिक्षण तथा प्रतियोगिताहरु पनि गर्दै आएको उहाँले बताउनुभयो ।
सोही क्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले नगरपालिकाले ६ वटा खेलको नियमित प्रशिक्षण दिंदै आएको र नपाको आयोजनामा फागुन २९—चैत्र ३ गतेसम्म अन्तरनगर बुद्धिचाल प्रतियोगिताको आयोजना हुने जानकारी गराउनुभयो । उहाँले खेलाडीहरुलाई अनुशासित रुपमा आफ्नो खेल प्रदर्शन गर्न मार्गनिर्देश गर्नुभयो ।

प्रमुख प्रजापतिले सो प्रतियोगितामा भाग लिन जाने सात जना बक्सिङ खेलाडीहरूलाई नपाको ट्रयाक सुट वितरण गर्नुभएको हो

Leave A Reply

Your email address will not be published.