Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापतिसँग संस्थागत विद्यालय संघका अध्यक्ष सुबास भण्डारीको भेट

२०७७ फागुन १८ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबारसंस्थागत विद्यालय अभिभावक संघका केन्द्रीय अध्यक्ष सुबास भण्डारी र सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष कमला श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले भेट ग¥यो । भेटमा उहाँहरुबीच स्थानीय पाठ्यक्रममा ‘सौन्दर्यकला’ विषय समावेश गर्ने विषयमा छलफल भयो ।

 

भेटमा नगर प्रमुख प्रजापतिले कुनै पनि काम सानो वा ठूलो नहुने बताउनुहुँदै सबैले श्रमको सम्मान गर्नुपर्ने बताउनुभयो । भक्तपुर नपाले भक्तपुरबासी युवालाई हात हातमा सीप दिने उद्देश्यले विभिन्न सीपमूलक र जीवनउपयोगी तालिमहरु सञ्चालन गरिरहेको बताउनुहुँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले प्राविधिक विषयलाई प्राथमिकता दिई पठनपाठनमा जोड दिँदै आएको बताउनुभयो । भक्तपुर नपा स्थानीय पाठ्यक्रम लागू गर्ने नेपालकै पहिलो स्थानीय तह भएको बताउनुहुँदै उहाँले नेपालमा प्राविधिक विषयको महत्व धेरै भएको बताउनुभयो ।
भेटमा अभिभावक संघका अध्यक्ष भण्डारीले विद्यालय तहदेखि नै सीपमूलक तालिम दिनुपर्नेमा जोड दिँदै श्रमको सम्मान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

भेटमा सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष कमला श्रेष्ठले सौन्दर्यकला नेपाल सरकारले केन्द्रीय विषय कक्षा ९ र १० मा स्वीकृति दिएको हुँदा यसलाई पाठ्यक्रममा समावेश गरी व्यवस्थित ढंगले पठनपाठन गराई यो व्यवसायलाई मर्यादित र सम्मानजक पेशाको रुपमा विकास गर्न नगरपालिकाको तर्फबाट सहयोगको लागि आग्रह गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.