Explore news and happenings at Bhaktapur

प्रमाणपत्र वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रम

भक्तपुर,२०७५ मंसिर ७ गते शुक्रबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको प्रमाणपत्र वितरण, सिंहावलोकन र धन्यवाद कार्यक्रम शुक्रबार भनपा सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले अनुशासित युवा तयार गर्न र युुवाहरूलाई प्रोत्साहनको निम्ति खेलकुद प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । उहाँल निजी र सरकारी विद्यालयबीचको भेद हटाउन र सबैलाई समान रुपमा प्रतिस्पर्धामा अगाडि बढाउन भक्तपुर नगरपालिकाले युवा केन्द्रित गतिविधिहरुलाई प्राथमिकता दिएकोे बताउनुभयो ।

जनता शक्तिशाली हुन्छ, तिनीहरुलाई एकाकर गरी काम गर्न आवश्यक रहेको बताउँदै प्रमुख प्रजापतिले देशको अरु नगरपालिकाको तुलनामा भक्तपुर नगरपालिकाले उदाहरणीय कार्य गरेको र भक्तपुर नपाले देशलाई शिक्षा, खेलकुद, सांस्कृतिकलगायत विभिन्न क्षेत्रबाट योगदान गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले खेलकुद क्षेत्रको उन्नतिको निम्ति भक्तपुर नगरपालिकाले आगामी दिनहरुमा अझ राम्रो काम गर्दै जाने बताउनुभयो । उहाँले खेलकुदसम्बन्धी क्यालेन्डरको व्यवस्था गरी तालिका बनाएर खेलकुद प्रतियोगिता आयोजना गर्न सके अझ प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले खेल सम्पन्न गर्न मद्दत गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो भने युवा तथा खलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेल मैदानको स्तरोन्नति गर्ने र आत्मरक्षाको निम्ति आवश्यक तालिमहरु विद्यार्थीहरुलाई दिने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा वडा नं. ४ का वडाअध्यक्ष कुमार चवाल र वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भनपा प्रमुख प्रजापतिले विभिन्न खेलकुद संघका प्रशिक्षक तथा निर्णायकहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । साथै प्रतियोगिताको लागि ठाउँ उपलब्ध गराएका भक्तपुरका विभिन्न विद्यालयलाई पनि प्रशंसा पत्र वितरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.