Explore news and happenings at Bhaktapur

ख्वप कलेजका विद्यार्थीहरुवीच हुने रोवोटिक्स प्रतियोगिता

भक्तपुर, २०७५ मंसिर ९ गते ।

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेजको १७औं र ख्वप कलेज अफ इन्जिनियरिड्डको १०औं वार्षिक उत्सबको अवसरमा कलेजका विद्यार्थीहरुवीच हुने रोवोटिक्स प्रतियोगिताको आयोजना गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले Line Tracking को Button थिचेर कार्यक्रमको उद‍घाटन गर्नुभयो । उहाँले विद्यार्थीहरुको शैक्षिकस्त्तर बृद्धि गर्न त्यस्ता कार्यक्रमहरु गरिराख्नुुपर्ने बताउनुभयो । प्रतियोगितामा Line Tracking Robot मा ३७ वटा Manual Akhada Robot मा २६ वटा र Automatic Akhada Robot मा १४ वटा विद्यार्थीसमुहले भाग लिइरहेको आयोजकले जनाएको छ ।

ख्वप कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गमा कार्यरत कर्मचारीहरुको बढुवा एवं प्रयोगशाला सहायकको बढुवापत्र एवं नया“ नियुक्त शिक्षकहरुलाई नियुक्तिपत्र दिने कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अनुभव र अध्ययन दुबै आवश्यक भएको उल्लेख गर्दै शिक्षक कर्मचारीले आ–आफ्नो पदीय मर्यादालाई पालना गरी काम गर्न निर्देशन दिनुभयो । उहा“ले कार्य क्षमताको आधारमा वढुवा, नियुक्ति तथा सरुवा हुनु राम्रो पक्ष भएजस्तै काम नगर्ने शिक्षक कर्मचारीहरु दण्डको भागीदार पनि हुन्छ, शिक्षक कर्मचारीहरु सुविधामुखी मात्र बन्नुहुन्न र अधिकारको सँगै गर्नुपर्नेमा जोड दिनु भयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थानहरुले देशको लागि पुर्‍याइएको योगदानले नेपालको विभिन्न स्थानीय निकायका प्रमुख, उपप्रमुखलगायतका टोलीहरुले भक्तपुर नगरपालिका र भनपाद्वारा सञ्चालित शैक्षिक संस्थानहरुको अवलोकन भ्रमण भैरहेको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीको शिक्षालाई अगाडि बढाउनु पर्ने नीति अनुसार कलेजहरु संचालन भइरहेको बताउँदै उहाँले शिक्षक कर्मचारीले आफ्नो कार्यसम्पादन गुणस्त्तरीय बनाउनुुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाले ख्वप अस्पताल निर्माण गर्न लागि परेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले सबै क्षेत्रमा उदाहरणीय काम गर्न खोजिरहेको बताउनु भयो ।

भक्तपुर नगरपालिकाले गरेको करको व्यवस्थापन, कलासंस्कृतिको जगेर्ना, शिक्षा र शिशुस्याहारको व्यवस्थालाई अरु स्थानीय तहहरुले शिक्षा लिंदै अगाडि बढिरहेको पनि सो अवसरमा बताउनु भयो ।

उक्त कार्यक्रममा ख्वप इन्जिनियरिड्ड कलेजका प्राचार्य ई.सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिड्डका प्राचार्य ई.सुनिल दुवाल, उपप्राचार्यहरु द्वय ई.रविन्द्र फोजू, ई.रत्नशोभा प्रजापती र प्रशासन प्रमुख सन्जय मानन्धरले कलेजको उद्देश्यपूर्तिको लागि सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.