Explore news and happenings at Bhaktapur

तलातुँथी पाटी उद्‍घाटन

तलातुँथी पाटी उद्‍घाटन

0

भक्तपुर नगरपालिका वडा नं. ९ मा अवस्थित तलातुँथी पाटी उद्‍घाटन कार्यक्रम मंसिर ७ गते सम्पन्न भयो । तलातुँथी पाटी पुनःनिर्माण उपभोक्ता समितिको आयोजनामा सम्पन्न उक्त पाटीको उद्‍घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको रकम जनताको बीचैमा खर्च हुन सकेमात्र नगरबासीहरुलाई फाइदा पुग्ने बताउँदै ठेकेदारीमा हुने काम र उपभोक्ता समितिले गर्ने कामको गुणस्तरमा भिन्नता हुने हुँदा भक्तपुरका सम्पदा उपभोक्ता समितिमार्फत् पारदर्शी ढंगले नै अगाडि बढाइरहने विचार व्यक्त गर्नुभयो ।
पुरानो शैलीमै घर निर्माण गर्ने नगरवासीलाई घरको मोहडामा लाग्ने इटा, काठ र झिंगतीमा लाग्ने खर्चको ३५ प्रतिशत नगरपालिकाले अनुदान दिने प्रावधान रहेको जानकारी गराउ“दै प्रमुख प्रजापतिले मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण नै हाम्रो मुख्य दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले सम्पदा पुनःनिर्माणमा नगरवासीहरूको साथ र सहयोग आवश्यकता रहेको बताउँदै उपभोक्ता समितिमा बनेका सम्पदा बलियो र कम लागतमा सम्पन्न हुने बताउनुभयो ।
तलातुँथी पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष आशकुमार प्रजापतिले पाटीको कार्य विवरण र प्रतिवेदन प्रस्तुत गर्दै पाटी पुनःनिर्माणको लागत इष्टिमेट रकम रु. २५ लाख १० हजार ९३२।७७ र कुल खर्च रु. २१,३९,५९५।९७ रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा सदस्य छोरीमैंया सुजखु, अनुगमन समितिका संयोजक ज्ञानसागर प्रजापति, कोषाध्यक्ष सुमित्रा प्रजापतिलगायतले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.