Explore news and happenings at Bhaktapur

चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङको भक्तपुर भ्रमण

भक्तपुर, कार्तिक २९ गते विहीबार ।

0

जनवादी गणतन्त्र चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङले नेतृत्व गरेको एक प्रतिनिधि मण्डलले भक्तपुर दरवार क्षेत्र र टौमढी क्षेत्रको कार्तिक २९ गते विहीवार अवलोकन भ्रमण गर्‍यो । प्रतिनिधि मण्डललाई भनपाका प्रमुख सुनिल प्रजापति, उप प्रमुख रजनी जोशी, पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाललगायतले भक्तपुर दरवार क्षेत्रमा फूलको गुच्छा, ढाकाको खास्तो र भदगाउले कालो टोपी प्रदान गरी स्वागत गर्नु भएको थियो । प्रतिनिधि मण्डलले राष्ट्रिय कला संग्रहालय, तलेजु मन्दिर परिसर र टौमढी क्षेत्रको अत्यन्त रुचीपूर्वक अवलोकन गर्नुका साथै २०७२ सालको विनासकारी भूकम्पले यहांका सम्पदाहरुमा पुर्‍याएको क्षतिको विषयमा जिज्ञासा राख्नु भएको थियो ।

भनपाका प्रमुख प्रजापतिले भक्तपुरको सामान्य परिचय दिनु हुंदै भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको बारेमा प्रतिनिधि मण्डललाई जानकारी गराउनु भएको थियो । भ्रमणको अन्तमा भनपाका प्रमुख प्रजापतिले प्रतिनिधि मण्डललाई भक्तपुरको चिनोको रुपमा मयूर झ्याल र भक्तपुर नगरपालिकाका प्रकाशनहरु प्रदान गर्नु भएको थियो भने अतिथि मन्त्री लु सुगाङले पनि मायाको चिनो प्रदान गर्नु भएको थियो । अतिथि मन्त्री लुले अतिथि पुस्तिकामा भ्रमणको अनुभव लेख्नु हुंदै ‘भक्तपुर विश्‍व सम्पदामा सुचिकृत शहर भएको र चिनीया पर्यटकहरुको लागि तिर्थस्थलको रुपमा रहेको’ उल्लेख गर्नु भएको भक्तपुर नगरपालिका स्रोतले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.