Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको आठौं सभा चालू

२०७७ माघ २६ गते, सोमबार

0

भक्तपुर नगरपालिका आठौं नगरसभाका सभाध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरसभाको बैठक बस्यो ।
उक्त बैठकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विनियम संशोधन प्रस्ताव र आर्थिक वर्ष २०७७—७८ मा स्वीकृत योजनाहरुका लागि बजेट संशोधन प्रस्ताव पारित ग¥यो ।

आज बसेको नगरसभा बैठकमा भक्तपुर नगरपालिकाद्वारा गठित न्यायिक समिति, अपा·ता परिचयपत्र वितरण अस्थायी समन्वय समिति, नवदुर्गा मुकुण्डो निर्माण अक्षय कोष संचालन कार्यसमिति, शिक्षा, संस्कृति तथा स्वास्थ्य समिति, वातावरण तथा पर्यटन समिति, महिला वालवालिका तथा समाज कल्याण समिति, युवा तथा खेलकुद समिति, कृषि समिति÷बजार अनुगमन समिति, निर्माण समिति, विधायन समिति, आर्थिक समिति÷लेखा समिति, खानेपानी समिति, सहकारी संस्था अनुगमन समिति, भक्तपुर नगरपालिका मल वितरण व्यवस्थापन समितिका प्रतिवेदनहरु प्रस्तुत भयो ।

नगरसभाको अर्को बैठक २०७७ फागुन १ गते ११ बजे बस्ने गरी स्थगित गरियो ।

Leave A Reply

Your email address will not be published.