Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिसँग खानेपानी मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यको भेट

भक्तपुर । २०७७ माघ १९ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा खानेपानी मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यको उपस्थितिमा भक्तपुरको खानेपानी व्यवस्थापनसम्बन्धी बैठक बस्यो ।

उक्त बैठकले भक्तपुर नगरपालिका क्षेत्रमा खानेपनीको सहज वितरण प्रणाली सुधारका लागि विद्यमान पाइपलाइन सुधार गर्ने, नगरका विभिन्न ठाउँहरुमा खानेपानीको डीप बोरिङ गरी नयाँ स्रोत व्यवस्थापन गर्ने र भक्तपुर नगर क्षेत्रमा खानेपानीको पर्याप्त वितरण प्रणाली व्यवस्थापनको लागि उपयुक्त स्थानमा भण्डारण ट्यांकी निर्माण गर्न आवश्यक गृहकार्य गर्ने निर्णय ग¥यो ।
नगर प्रमुख प्रजापतिले सहसचिव रितेशकुमार शाक्य र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी अधिकृत सञ्जीवविक्रम रणालाई भक्तपुरको भादगाउँले टोपी लगाएर स्वागत गर्नुहुँदै नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।
बैठकमा भक्तपुर नपा प्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, वडाध्यक्षहरु रबिन्द्र ज्याख्व, उकेश कवां, महेन्द्र खायमली र श्यामकृष्ण खत्रीको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.