Explore news and happenings at Bhaktapur

भनपा प्रमुख सुनिल प्रजापति र बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यबीच भेट

बुटवल, माघ ९ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यसँग बुटवल उपमहानगरपालिकाको कार्यालयमा भेट गर्नुभयो । नगर प्रमुख सुनिल प्रजापति नेतृत्वको प्रतिनिधिमण्डल टोलीले नगरपालिकाबीच अनुभवको आदान प्रदानको क्रममा शुक्रबार बुटवल उपमहानगरपालिकाको भ्रमण गर्नुभएको थियो । उहाँले साँस्कृतिक नगर भक्तपुरको पुरानो सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यमा जोड दिंदै आएको बताउनुभयो ।
भक्तपुरको पुरानो नगर क्षेत्रभित्र नगरबाहिरकाले घर किन्न नपाउने नियम बनाएको बताउनुहुँदै प्रमुख प्रजापतिले नपाले व्यवस्थित आवास योजनाहरु संचालन र निर्माणको क्रममा रहेको बताउनुभयो ।
भेटमा उपप्रमुख आचार्यले भक्तपुरबाट सिक्नयोग्य धेरै कामहरु रहेको बताउनुहुँदै उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदैं कृषि, पर्यटन, उद्योग र व्यापारलाई समेत प्राथमिकता दिंदै कार्य गरिरहेको जानकारी दिनुभयो ।
बुटवल उपमहानगरको ५ वर्षे शिक्षा योजना निर्माण गरी सोही अनुसार नगरको शैक्षिक विकासको लागि आवश्यक कार्यक्रमहरु तय गरी कार्यान्वयन भैरहेको अवगत गराउनुहुँदै उहाँले सीपसँग सम्बन्धित विषयको स्थानीय पाठ्यक्रम तयार गरिसकेको बताउनुभयो ।
उहाँले युवा इलम कार्यक्रम मार्पmत उद्योगी व्यवसायीसँग समन्वय गरी उपमहानगरपालिका अगाडि बढिरहेको जनाउनुुहुँदै करको दायरा थप फराकिलो बनाई नगरबासीहरुलाई आवश्यक छुट तथा सहुलियतको व्यवस्था गरेको बताउनुभयो ।
उपभोक्ता समिति मार्पmत हुने काममा टोलबासीलाई समावेश गराई टोल विकास समिति मार्पmत विकास निर्माणका काम हुनु बुटवल उपमहानगरपालिकाको सबल पक्ष रहेको र उपमहानगरलाई लैंगिक हिंसा मुक्त बनाउने अभियानमा रहेको अवगत गराउनुहुँदै उपप्रमुख आचार्यले “नागरिकको समृद्धिनै मुलुकको समृद्धि हो” भन्नुभयो ।
भेटको क्रममा नगर प्रमुख प्रजापतिले उपप्रमुख आचार्यलाई भक्तपुर नगरपालिकाको सम्पदा पुनःनिर्माणका संकलित “फोटो पुस्तक” सहित नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रकाशन गर्नुभयो । सोही क्रममा उपप्रमुख आचार्यले पनि नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशनमैया सुवाल, नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल, बुटवल नपाका न्यायिक समितिका सदस्यहरुलगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.