Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा शिशुस्याहार तथा बालविकास केन्द्रहरुको निरीक्षण

२०७७ पुस १० गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा स्थापित शिशुस्याहार तथा बालविकास केन्द्रहरु सञ्चालनको तयारीबारे शुक्रबार स्थलगत निरीक्षण गर्नुभयो । कोभिड संक्रमण जोखिमका कारण लामो समयदेखि बन्द रहेका शिशुस्याहार केन्द्रहरुमा सरसफाई, रंगरोगन, साजसज्जालगायतका कार्यहरु भइरहेको छ । अभिभावकहरुको मागअनुसार शिक्षकहरुलाई आलोपालो मिलाएर छिटै नै शिशुस्याहार केन्द्रहरू सञ्चालनमा ल्याउने तयारीमा रहेको बताइएको छ । भक्तपुर नगरपालिकाले ६ वटा शिशुस्याहार केन्द्रहरु सञ्चालन गर्दै आएको छ । शिशु स्याहार केन्द्रहरु व्यवस्थित र स्तरीय बनाउने कोसिस भइरहेको छ ।

वडा नं. ६ भुलाछेँ स्थित शिशुस्याहार केन्द्र

वडा नं. ७ खँचास्थित शिशुस्याहार केन्द्र

वडा नं. ४ मंगलतीर्थस्थित शिशुस्याहार केन्द्र

वडा नं. ७ गोल्मढीस्थित शिशुस्याहार केन्द्र

वडा नं. १ स्थित शिशुस्याहार केन्द्र

 

Leave A Reply

Your email address will not be published.