Explore news and happenings at Bhaktapur

भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापनबारे नगर प्रजापतिसँग उद्योग मन्त्रालयबाट गठित कार्यदलका संयोजक रेग्मीको भेट

२०७७ मंसिर १२ गते, शुक्रबार

0

भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणबारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा आएको टोलीले बिहीबार भेट ग¥यो ।

भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी, धुँवा र रसायन प्रदूषण गर्ने उद्योगहरु बन्द गर्न स्थानीय जनताको मागपछि उद्योग मन्त्रालयबाट गठित कार्यदलको तर्फबाट आएको टोलीसँग नगर प्रमुख प्रजापतिले भक्तपुर औद्योगिक क्षेत्रलाई घरेलु तथा साना उद्योग वा हस्तकला ग्रामको रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै उद्योग क्षेत्रभित्र सञ्चालित धुँवा, धुलो फाल्ने डाइङ, टेक्सटाइल र र·रोगण उद्योगहरूलाई तत्काल उपयुक्त ठाउँमा स्थानानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय किसानको जग्गा सस्तोमा अधिग्रहण गरी भक्तपुर साना उद्योग क्षेत्र स्थापना गरिएकोमा स्थापनाको उद्देश्यविपरीत ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने टेक्सटाइल, डाइङ, रङरोगन, प्लास्टिक उद्योगलगायतका उद्योगहरू सञ्चालनप्रति जनताको विरोध रहँदै आएको हुँदा सरकारकै नीतिअनुरुप ती उद्योगहरू उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भक्तपुर नपालाई उद्योग क्षेत्रमा स्थापित कतिपय उद्योगीहरूले नपाको निर्देशन पालना नगरेको र नपालाई तिर्नुपर्ने कर समेत नतिरी सञ्चालन गरिरहेकोतर्फ ध्यानाकर्षण गराउनुहुँदै विश्व सम्पदा सूचीमा सुचीकृत भक्तपुरको मानव स्वास्थ्यलाई हानी पु¥याउने खालका प्रदूषण फाल्ने उद्योगहरूलाई पहिलो चरणमा स्थानान्तरणको लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबारे जनताको गुनासो सम्बोधन हुने ढंगले उद्योगहरू स्थानान्तरणको विषयमा स्थायी समस्या समाधानको लागि आफूहरू तयार रहेको बताउनुभयो । साना उद्योगको रुपमा स्थापित सो उद्योगहरूमा हाल जथाभावी जनचाहना विपरीत मानव स्वास्थ्यलाई हानी पु¥याउने ढंगले उद्योग सञ्चालन भइरहेकोमा मन्त्रालय नै अनभिज्ञ रहेको टोलीका एक प्रतिनिधिले बतायो ।

बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, वडाध्यक्ष हरिप्रसाद बासुकला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका (कानुन) काउपसचिव बालकृष्ण निरौला, र उपसचिव एकदेव अधिकारीको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.