Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा सूर्यविनायक वीरदल गणका नवनियुक्त प्रमुख सेनानी राजन दाहाललाई स्वागत

२०७७ साल कार्तिक ५ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सूर्यविनायक वीरदल गणका नवनियुक्त प्रमुख सेनानी राजन दाहाललाई स्वागत र भक्तपुरबाट भद्रकाली जंगी अड्डामा सरुवा भई जानुहुने प्रमुख सेनानी शिवप्रसाद पौडेललाई भक्तपुरको भादगाउँले टोपी र खाडा ओडाई बिदाई गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले उहाँहरुसँग शिष्टाचार भेट गरी कोभिड नियन्त्रण तथा रोकथामको लागि गरिरहेको प्रयास र दशैंलाई सामान्य औपचारिकतामा सीमित गर्न नगरपालिकाले गरिरहेको गतिविधिहरुबारे जानकारी गराउनुभयो । आफ्नो कार्यकालमा भक्तपुरका जनताको लागि गर्नुभएको सहयोगको लागि प्रमुख सेनानी शिव पौडेललाई धन्यवाद दिनुभयो ।

प्रमुख सेनानी पौडेलले सांस्कृतिक नगरको संरक्षणको लागि नगरपालिकाले गरिरहेको सम्पदा संरक्षणको कामको प्रशंसा गर्नुहुँदै २ वर्षभन्दा बढी समय नगरपालिका सँगसँगै काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.