Explore news and happenings at Bhaktapur

श्री बाराही साकोसद्वारा कोरोना नियन्त्रण गर्न रु. २ लाख ५१ हजार आर्थिक सहयोग प्रदान

२०७७ कार्तिक ४ गते, मंगलबार

0

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु. २ लाख एकाउन्न हजार तीन सय चौरासी (२,५१,३८४।–) रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई श्री बाराही साकोसका अध्यक्ष बलराम प्रजापतिले मंगलबार आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले संस्थाका अध्यक्ष बलराम प्रजापतिलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपाले सञ्चालन गरेको आइसोलेसन केन्द्र व्यवस्थापनलगायतका आवश्यक व्यवस्थापनको लागि सहयोग गरेकोमा धन्यवादज्ञापन गर्नुभयो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले संस्थाका अध्यक्ष प्रजापतिलाई भक्तपुरका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन केही सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तक र नगरपालिकाका केही प्रकाशनहरु प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.