Explore news and happenings at Bhaktapur

कोभिड रोकथामका लागि जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले गरेका कार्य विवरण

२०७७ असोज ८ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि केस इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ, होम आइसोलेसन, हस्पिटल आइसोलेसन तथा अन्य व्यवस्थापनका असोज २३ गतेसम्म सम्पन्न गरेका कार्य विवरण निम्न प्रकारका छन् ः

— कोभिड १९ फैलिनबाट जोगाउन प्रचारप्रसार तीव्र रुपमा अगाडि बढाइएको छ ।

—  दुईवटा सीआईसीटी टीम गठन गरिएको छ ।

— कोभिड १९ बाट संक्रमितहरुको सूचना पाउने बित्तिकै संक्रमितको केस इन्भेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

— संक्रमित लक्ष्णविहीन छ र घरमा आइसोलेनमा बस्न उपयुक्त भए घरमा आइसोलेसनमा राख्ने गरिएको छ ।

— घरमा आइसोलेसनमा बस्न नमिल्ने लक्षणविहीन संक्रमितलाई उपयुक्त आइसोलेसन सेन्टरमा पठाउने गरिएको छ र लक्षण भएकालाई उपयुक्त अस्पतालमा आइसोलेसनमा पठाउने गरिएको छ ।

— संक्रमितलाई ओसारपसार गर्न केन्द्रले डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

— संक्रमितको सम्पर्कमा आएकाहरुको उपयुक्त समयमा पीसीआर क्वाब कलेक्सन सम्बन्धित वडामा गएर गर्ने गरिएको छ ।

— आइसोलेसनमा रहेका संक्रमित तथा कन्ट्याक्ट ट्रेसिङमा सूचीकृतहरुको नियमित अनुगमन गरिएको छ ।

— सामाजिक समस्या, आर्थिक समस्यालगायत आइसोलेसनको व्यवस्थापनको लागि सम्बन्धित वडाका जनप्रतिनिधि तथा सामाजिक कार्यकर्ताहरुसँग आवश्यक समन्वय गरिएको छ ।

— व्यवस्थापनमा निरनतर सुधार गर्न सम्बद्ध संस्थाहरुसँग निरन्तर समन्वय जारी राखिएको छ ।

— संक्रमितको संख्या निरन्तर बढ्दै गएकोले व्यवस्थापन सहज बनाउन एउटा सीआईसीआई टीम र प्रत्येक सीआई सीआई टीमलाई सहयोग गर्ने २÷२ जनाको ९ वटा कन्ट्याक्ट ट्रेसिङ तथा फलो अप टीम गठन गरिएको छ ।

— कोभिड १९ तथा अन्य रोगको आवश्यक जानकारी र परामर्शको लागि यस केन्द्रका दुईजना डाक्टरहरु डा. बालकृष्ण चाँगुभारी र डा. विवेक बोयजूको सम्पर्क नम्बर राखी सार्वजनिक सूचना प्रकाश गरेको छ ।

— भक्तपुर नगरपालिकाले व्यवस्था गरेको सामूहिक क्वारेनटाइन, होटल क्वारेनटाइन र घर क्वारेनटाइनमा रहेकाहरुको पीसीआर स्वाब सम्बन्धित क्वारेनटाइनमा गएर संकलन गरिएको छ तथा आवश्यक स्वास्थ्यसम्बन्धी सल्लाह प्रदान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.