Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषको आय–व्यय विवरण

२०७७ भदौ २४ गते, बुधबार ।

0

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भक्तपुर नगरपालिकाद्वारा स्थापित प्रकोप व्यवस्थापन कोषमा विभिन्न मिति र समयमा विभिन्न संघ—संस्था तथा व्यक्तिहरुबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ ।

नगरपालिकाको प्रकोप व्यवस्थापन कोषअन्तर्गत कोरोना भाइरस नियन्त्रणको लागि आर्थिक वर्ष २०७६/७७ मा आयतर्फ रु. १,६०,७३,१८१।७९ (१ करोड साठी लाख त्रिहत्तर हजार एक सय एकासी रुपैयाँ) रहेको थियो भने जम्मा खर्च १,११,८९,२४१ (एक करोड ११ लाख उनानब्बे हजार २ सय एकचालिस रुपैयाँ) भएको थियो । बाँकी मौज्दात ४८,८३,९४०।७९ (अरचालीस लाख त्रियासी हजार ९ सय चालीस रुपैयाँ) रहेको छ ।

साथै भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषको आर्थिक वर्ष २०७७/७८ मा भदौ २३ गतेसम्म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि आयतर्फ गत आ.व. को मौज्दात समेत गरी जम्मा रु. ४९,५३,०४०।७९ (उनान्पचास लाख त्रिपन्न हजार ४० रुपैयाँ) रहेको छ भने खर्च तर्फ ४,१८, ८५९ (चार लाख १८ हजार ८ सय ५९) रहेको छ । बाँकी मौज्दात रु. ४५,३४,१८२।७९ (पैतालिस लाख चौतिस हजार एक सय बयासी) रहेको छ ।

जनस्वास्थ्य केन्द्रको तर्फबाट कोरोना रोकथाम र नियन्त्रणको लागि जम्मा रु. ६२,९१,९३२ (बैसठी लाख एकानब्बे हजार नौ सय बत्तीस) खर्च भएको छ ।

नगरपालिका र जनस्वास्थ्य केन्द्र समेतबाट भदौ २३ गते सम्म जम्मा १,७९,००,०३१।– (एक करोड उनान्नसी लाख एकतीस रुपैंया) खर्च भएको छ ।

लकडाउनको समयमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइ कर्मचारीहरु तथा अन्य कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप दिइएको प्रोत्साहन भत्ता र आइसोलेसनको व्यवस्थापन खर्च यसमा समावेश छैन ।

Leave A Reply

Your email address will not be published.