Explore news and happenings at Bhaktapur

भक्तपुर काण्डबारे प्रबचन कार्यक्रम सम्पन्न

0

ख्वप ईन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ साल भदौ ९ गते राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको भत्सना कार्यक्रम बिहीबार सम्पन्न भयो ।

कलेज संचालक समितिका पदाधिकारीहरु, कलेजमा कार्यरत प्राध्यापक र कर्मचारीबीच जुममार्पmत सम्पन्न प्रबचन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें(रोहित)ले भक्तपुर काण्ड निरंकुश पञ्चायती शासकहरुले नेपाल मजदुर किसान संगठनलाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको षड्यन्त्र भएको उल्लेख गर्नुहुँदै जुनसुकै बेला यस्ता षड्यन्त्रहरु हुन सक्ने हुँदा संधै सचेत भएर बस्नु पर्ने बताउनुभयो ।

हाम्रो टोल समाजमा अपराधिक मानसिकताका व्यक्तिहरुको उपस्थिति रहेको बताउनुहुँदै विना कारण कसैले विरोध गर्दैनन् र उनीहरु आप्mनो अपराध लुकाउन तथा समाजलाई विगार्न हाम्रो टोल छिमेकमा सकृय रहेको प्रमुख अतिथि विजुक्छेंले बताउनुभयो । पञ्चायती शासनमा राजा वर्गीय रुपमा सामन्ती हुनु स्वभाविक भएको अन्तर्राष्ट्रिय प्रस∙ जोड्नुहुँदै उहाँले अहिले पनि त्यस्ता प्रतिक्रियावादीहरु षड्यन्त्रमा लागिरहने हुँदा हामी देश र जनताको सेवामा लाग्नेहरु कुनै पनि अवस्थामा विचलित हुन नहुने तथा संकटमा साथ दिनेमात्रै सच्चा मित्र हुने बताउनुभयो ।

उहाँले नयाँ पुस्तालाई भक्तपुर काण्डबाट शिक्षा लिई यस्ता षड्यन्त्रलाई रोक्न एकजुट हुनका लागि टोल–टोलमा नयाँ पुस्ता र अभिभावकहरुलाई सचेत पार्नुपर्नेमा जोड दिनुहुँदै “समाज निर्माणको निम्ति नयाँ पुस्तालई राजनैतिक रुपमा सचेत पार्नु नितान्त आवश्यक छ” भन्नुभयो ।

कलेज संचालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले २०४५ सालको भूकम्प भक्तपुर अति प्रभावित भएको र सोही विपत्तिलाई पञ्चहरुले नेमकिपालाई समूल नष्ट गर्ने अवसरको रुपमा प्रयोग गर्न खोजिएको उल्लेख गर्नुहुँदै जनतालाई धोका र विश्वासघात गर्नेहरुको अन्त्य सुखद नहुने बताउनु भयो ।

भक्तपुर नगरपालिकाले पञ्चायत कालमा “पञ्चायत” मासिकमार्फत क्रान्तिकारी साहित्यको प्रकाशन लगायतका विविध गतिविधि सञ्चालन गर्नु र पार्टीले देश र समाजको सेवा गर्नुलाई पञ्चहरुले अपराधको रुपमा लिएर सुनियोजित ढंगले भक्तपुर काण्ड घटाइएको बताउनु भयो । उहाँले ६७ जना कार्यकर्ताहरुलाई ज्यान मुद्दा लगाइएको र नेमकिपाकै कार्यकर्तारुलाई प्रलोभन र डर धम्की दिई पंचायतको समर्थन गर्न बाध्य पारिएको सो समयमा पार्टीलाई धोखा दिने वा आत्मसमर्पण गर्नेहरुले आज पनि नेमकिपाका कार्यकर्ताहरुसित आँखा जुधाएर कुरा गर्न नसकेको बताउनुभयो ।

अध्यक्ष प्रजापतिले विदेशी दलाल पार्टीहरुले कहिल्यै पनि देशको भलो नगर्ने उल्लेख गर्नुहुँदै शासक दलका सबै पार्टीहरु निजीकरणको पक्षमा लागेकोे हुँदा निजीकरणको पक्ष लिनेहरु कम्युनिष्ट नहुने बताउनु भयो ।

भक्तपुर नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा बढी लगानी गरिरहेको बताउनुहुँदै उहाँले स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि ख्वप अस्पताल निर्माण गरिरहेको उल्लेख गर्नुभयो । ख्वप विश्वविद्यालयलाई सम्बन्धन नदिनुमा नेमकिपाले देश र समाजलाई अगाडि बढाउन गरिरहेको प्रयास प्रति शासक दलको असन्तुष्टि प्रमुख कारण हो भन्नुभयो । उहाँले नवपञ्चहरु नेमकिपालाई सिध्याउने षड्यन्त्रमा लागिरहेको तर सबै सचेत कार्यकर्ताहरु एकजुट भएका कारण त्यस्ता दुष्प्रयास कहिल्यै पूरा हुन नदिनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरि∙का प्रचार्य सुनिल दुवालले भक्तपुर काण्डसम्बन्धी लेख रचना, प्रकाशनहरु लगायत अग्रजहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने भएकोले अध्ययनमा जोड दिन सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुलाई उत्प्रेरित गर्नुहुँदै यस्ता षडयन्त्रकारी घटनाहरु दोहोरिन नदिन सबै प्राज्ञिक व्यक्तित्वहरु सजग हुनुपर्नेमा जोड दिनुभयो ।

प्रा.डा. राजुभाई त्यातले भक्तपुर काण्डबारे संक्षिप्त प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा भक्तपुर काण्डको घटनाबारे ख्वप ई. कलेजका प्रचार्य सुजन माक, शिक्षकहरु डा. सुवेगमान विजुक्छे तथा शिक्षिका शोभालक्ष्मी गोसाईले आ–आप्mनो अनुभव सुनाउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.