Explore news and happenings at Bhaktapur

कोभिड १९ रोकथाम, नियन्त्रण र व्यवस्थापनबारे स्वयम्सेवकहरुबीच अभिमुखीकरण

२०७७ भदौ १८ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनबारे स्वयम्सेवकहरुलाई अभिमुखीकरण बिहीबार सम्पन्न भयो ।

कार्यक्रममा उपप्रमुख जोशीले कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणका लागि भक्तपुर नगरपालिकाबाट भएका गतिविधिहरुबारे प्रष्ट पार्नुहुँदै रोगको संक्रमण समुदायस्तरसम्म पैmलिन नदिन नगर प्रवेश गर्ने मुख्य नाकामा विवरण संकलन र आवश्यक निगरानीको लागि नगरपालिकाका कर्मचारीहरु खटिरहेका छन् भन्नुभयो ।

भक्तपुर नगरपालिकाले संक्रमणको जोखिम न्युनीकरणका लागि सबै वडाहरुमा स्वयम्सेवक परिचालन गरिरहेको बताउनुहुँदै उहाँले भक्तपुर नगरपालिकाका सफाइ कर्मचारीहरु नगरको सरसफाइमा निरन्तर लागिरहेको बताउनुभयो । उहाँले कोभिड १९ संक्रमित, परिवार र वडाबासीहरुको मनोबल बढाउने ढंगले स्वयम्सेवकहरु परिचालन हुन मार्गनिर्देशन गर्नुहुँदै कोभिडको विषम् परिस्थितिमा सबै सजग रहन अनुरोध गर्नुभयो ।

भक्तपुर जिल्ला सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेलले नेपाल सरकारले सञ्चालनमा ल्याएको खरिपाटीस्थित क्वारेनटाइनलाई आइसोलेसनको रुपमा परिणत गरेको बताउनुहुँदै नेपाली सेनाले नगरपालिकास्तरीय क्वारेनटाइन सञ्चालन, विदेशबाट आउनेहरुलाई सहजीकरण, आइसोलेसन कक्षमा सुरक्षा व्यवस्थापन र कोभिड १९ का कारण मृत्यु हुनेहरुको शव व्यवस्थापनमा आवश्यक पहल गरिरहेको बताउनुभयो । स्वयम्सेवकहरुले कोरोना भाइरस संक्रमित परिवार र समुदायका व्यक्तिहरुको मनोबल बढाउने र जनचेतना जगाउनेलगायतका कार्यहरुमा सरिक भई समाजलाई सुरक्षित बनाउन आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले कोभिड १९ बाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि संक्रमित बनिरहेको समयमा स्वयम्सेवकहरुले आफूहरु सुरक्षित रही जनस्तरमा यो रोगको जोखिम र नियन्त्रणका उपायहरुबारे सचेतना कार्यक्रमहरु प्रभावकारी ढंगले सञ्चालन गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले कोरोना संक्रमितहरुलाई गरिने सामाजिक विभेदले समुदायमा नै नकारात्मक असर पु¥याउनेतर्फ सजग रहनुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकामा कोभिड १९ संक्रमण भएका तथा सो व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षणको विवरण प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि कोभिड संक्रमित व्यक्ति र परिवारको मनोबल बढाउन स्वयम्सेवकहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.