Explore news and happenings at Bhaktapur

प्रमुख प्रशासकीय अधिकृत श्री इन्द्रप्रसाद बस्यालको धन्यवाद ज्ञापन मन्तव्य

२०७७ असार ७ गते, आइतबार

0

सातौं नगरसभाको उद्घाटन समारोहमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत श्री इन्द्रप्रसाद बस्यालको धन्यवाद ज्ञापन मन्तव्य

यस ऐतिहासिक तथा साँस्कृतिक नगर भक्तपुरको सातौं नगरसभामा आ.व. २०७७—७८ को नीति तथा कार्यक्रम आदरणीय नगर प्रमुखज्यूबाट यस सम्मानित सभामा प्रस्तुन गर्नुभएको छ । नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य र पुरातात्विक सम्पदाहरुको पुनःनिर्माण तथा प्रबद्र्धन, पूर्वाधार विकास, कृषि, भेटनरी, लघु उद्यम, पर्यटन विकासमा महत्वपूर्ण जोड दिएको छ ।

नेपालको संविधान २०७२ ले नेपाललाई गणतन्त्रात्मक संघीय राज्यको व्यवस्था गरेपछि स्थानीय सरकारको भूमिकामा रहेको यस नगरपालिकाका जनप्रतिनिधिहरुले आनो चुनावी घोषणापत्रलाई मुख्य आधार बनाएर नीति तथा कार्यक्रम बनाउँदै आएको छ । प्रत्येक वर्ष नगरपालिकाले प्राप्त गरेका उपलब्धीहरु सार्वजनिक गरिंदै आएको छ । विगत तीन वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी हासिल भएका छन् ।
आ.व. २०७७÷७८ को नीति तथा कार्यक्रम तर्जृमा गर्दा २०७२ सालको महाविनाशकारी भूकम्पले भत्किएका पुरातात्विक सम्पदाहरुको पुनःनिर्माण सम्पन्न गर्ने, विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ को महामारीलाई नगर क्षेत्रमा कसरी नियन्त्रण गर्ने, नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गर्दै आएका महत्वपूर्ण कार्यहरुलाई आगामी दिनमा अझ विस्तार गर्ने र नगरक्षेत्रभित्र भौतिक पूर्वाधारहरुको विकास तथा विस्तार, आय तथा रोजगारीका अवसरहरुको सृजनामा जोड दिएको छ । कोभिड–१९ को महामारीले नगरपालिकाको आन्तरिक स्रोतमा ज्यादै असर गरेको छ ।
पर्यटन शुल्क यस नगरपालिकाको राजश्वको मुख्य अधार रहेकोमा कोभिड–१९ को महामारीले हाल लगभग शुन्यको स्थितिमा पुगेको छ । नगरपालिकाको आन्तरिक आयको मुख्य स्रोतमा आएको संकुचनबाट हामीले सार्वजनिक गरेका नीति तथा कार्यक्रम कार्यन्वयन गर्न केहि कठिनाई देखिए पनि आन्तरिक आयका वैकल्पिक व्यवस्थाहरु मिलाई आज सार्वजनिक गरिएका नीति तथा कार्यक्रम कार्यान्वयनको व्यवस्था मिलाइनेछ ।
नीति तथा कार्यक्रम तर्जुमा गर्दा गत वर्षहरुमा जस्तै विभिन्न भेला तथा बैठकहरु कोभिड–१९ को कारणले गर्न सम्भव नभए पनि हामीले लिखित सुझावहरु पठाउन सम्पूर्ण नगरबासी, संघसंस्थाहरु तथा नागरिक समाजलाई आव्हान गरेका थियौं । नगरपालिकालाई विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको छ । सर्वप्रथम सुझाव पठाउनुहुने नगरबासी, संघसंस्थाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
आजको यस नगरसभाको उद्घाटन सत्रमा पाल्नु भएका प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिज्यूहरुले दिनु भएका महत्वपूर्ण सुझावहरुलाई नगरपालिकाले आत्मसात गर्दै नीति तथा कार्यक्रममा समेट्ने प्रयास गरिनेछ । सुझाव तथा सल्लाहको लागि यहाँहरु सबैमा नगरपालिकाको तर्पmबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

नीति तथा कार्यक्रममा समेटिएका विषयमा केन्द्रित भएर नगरपालिकाले बजेट विनियोजन गर्नेछ । कोभिड–१९ ले सृजना गरेको कठिन परिस्थिततिमा प्रतिकुलतासँगै जुध्दै गन्तव्यपथ तय गर्नु परेको छ । हामीले आर्थिक वर्षको शुरुमा नै वार्षिक कार्ययोजना बनाई कार्यान्वयनमा लैजाने छौं । भक्तपुर नगरपालिकाले आना कामहरु सुशासन, पारदर्शी तथा जवाफदेही बनाई जनताको नजिकको स्थानीय सरकारले सीमिति स्रोत र साधनबाट असिमित आवश्यकताहरुको सम्बोधन गरिनेछ । भक्तपुर नगरपालिकाले सुशासन तथा असल अभ्यास अगाडि बढाएको छ ।
भ्रष्टाचार शुन्य स्थानीय तहको रुपमा भ्रष्टाचार शुन्य स्थानीय तहको रुपमा स्थापित गरेको छ । ऐतिहासिक तथा साँस्कृतिक सम्पदाहरुको पुनःनिर्माण तथा संरक्षण गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीले नगरपालिकाको छुट्टै पहिचान बन्न पुगेको छ ।

तीन तहका सरकारहरुको बिचमा समन्वय, सहकार्य र साझेदारीको सिद्धान्तमा रही यस नगरपालिकामा सं३ र प्रदेश सरकारबाट हुने योजना तथा कार्यक्रमहरुको कार्यान्वयनमा नगरपालिकाले आवश्यक समन्वय तथा सहजिकरण गर्नेछ । गैरसरकारी संघ संस्थाहरुबाट यस नगरपालिकालाई प्राप्त हुने सहयोगलाई एकद्वार प्रणाली मार्पmत कार्यान्वयन गरिनेछ । नगरपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्दा कार्यान्वयन गर्न सकिने, योजना तथा बजेट व्यवस्थ ागर्ने गरी प्रस्ताव गरिएको छ । नगरपालिकाले निरन्तर सुधार गर्दै लगेको छ । नेपालको नमूना नगरपालिकाको पहिचान सम्पूर्ण नगरबासीको साथ र सहयोग अमूल्य रहेको छ ।

आजको यस नगरसभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु हुने प्रमुख अतिथिज्यू, विशेष अतिथि तथा अतिथिज्यूहरुलाई नगरपालिकाको तर्पmबाट र स्वयं आनो तर्पmबाट हार्दिक धन्यवाद दिन चाहन्छु । यो नीति तथा कार्यक्रम तर्जुमा गर्न सल्लाह, सुझाव दिनु हने व्यक्ति तथा संस्था, नीति तर्जुमामा सहभागी हुनुहुने जनप्रतिनिधिज्यूहरु तथा कर्मचारीहरुलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु ।

Leave A Reply

Your email address will not be published.