Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको सातौं नगरसभा आजबाट सुरू

२०७७ साल असार ७ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको सातौं नगरसभा आइतबारबाट सुरु भयो ।

सभामा नगर प्रमुख प्रजापतिले संघ र प्रदेशबाट विनियोजित बजेटको आधारमा भक्तपुर नगरपालिकाको आगामी बजेटको खाका तयार हुने बताउनुहुँदै स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले भक्तपुर नगरपालिकाको लागि प्रस्तुत गरेको घोषणापत्रअनुरुप अगाडि बढ्ने बताउनुभयो ।
ख्वप विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्न योगदान गर्ने भक्तपुर नगरपालिकाको उद्देश्य रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण तथा जीर्णोद्धार कार्यहरु चालु अवस्थामा रहेको बताउनुभयो ।

नीति तथा कार्यक्रममाथि छलफलको लागि नगरसभाको अर्को बैठक असार ९ गते दिनको ११ः०० बजे बस्ने गरी बैठक सम्पन्न भयो ।

Leave A Reply

Your email address will not be published.