Explore news and happenings at Bhaktapur

सातौ नगरसभाको उद्घाटन समारोहमा भनपाका उपप्रमुख रजनी जोशीको स्वागत मन्तव्य

भक्तपुर । २०७७ असार ७ गते, आइतबार

0

भक्तप’र नगरपालिकाको सातौ नगरसभाको उद्घाटन समारोहमा भनपाका उपप्रम’ख रजनी जोशीको स्वागत मन्तव्य

देशमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं र समाज परिवर्तनको लागि महत्वपूर्ण योगदान दिनु हुने व्यक्तित्वहरुप्रति उच्च सम्मान व्यक्त गर्दै हामी नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरुलाई अत्यधिक मत दिएर विजयी गराई नगर र नगरवासीहरुको सेवा गर्ने सुअवसर दिनु हुने सम्पूर्ण नगरवासीहरुमा कृतज्ञता व्यक्त गर्दछौं । सोही अनुरुप नेमकिपाको जनसेवा र विकासका कार्यक्रमले भरिएको २०७४ को स्थानीय तह निर्वाचनमा दिइएको घोषणापत्रलाई नै आधार बनाई हामी अघि बढिराखेको यहांहरु समक्ष स्मरण गराउन चाहन्छु ।
आजको नीति तथा कार्यक्रम हामी जनप्रतिनिधिहरुले पद बहाली पछिको चौथो वर्षको कार्यक्रम हो । यो ३ वर्षको अवधिमा धेरै परिवर्तन भए । विकास निर्माणका कामहरु भए भने गत वर्षको अन्तदेखि विश्व नै एक फरक परिस्थितिबाट गुज्रिरहेको छ, त्यो हो कोरोन

महामारी । यस महामारीेले मावन विकासलाई नै आतंकित तुल्याएको छ भने हरेक सामाजिक÷वातावरणीय आदि इत्यादि क्षेत्रमा ठूलो पाठ पनि सिकाएको हामी सबैले महसुस गरेका छौं । यद्यपि हामी हरेक नेपालीले यसबारे सचेत र सजग भई विज्ञहरुका सुझाव अनुसार सुरक्षाका विधि अपनाई अघि बढ्नु एक मात्र विकल्प रहेको भक्तपुर नगरपालिकाको ठम्याई रहेको छ । महामारीबाट दिवंगत नेपाली दाजु भाई दिदीबहिनीहरुलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उपचारत सम्पूर्ण विरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै लकडाउन भएदेखि अहिलेसम्म पनि नगरवासीहरुको लागि नगद÷जिन्सीलगायत खाद्यन्न उपलब्ध गराई सहयोग गर्नु हुने सम्पूर्ण मनकारी महानुभावहरुलाई भक्तपुर नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ । यस संकटमा अग्रपंििक्तमा रही नगरवासी÷ जनताको सेवा गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी÷सुरक्षाकर्मीहरुमा आभार प्रकट गर्दछु ।
यस कोराना कहरलाई सामान्यीकरण गर्दै हामी सम्पूर्ण जनप्रतिनिधिहरु हाम्रो कार्यकालको चौथो वर्षमा प्रवेशसंगै नगरवासीहरुका आधारभूत आवयकता यथासंभव पूरा गर्दै हामीलाई प्राप्त घोषणा पत्रमा रहेका अत्यावश्यक कार्यक्रमलाई पनि समेट्ने विश्वासकासाथ यस सातौं नगर सभा (बजेट सभा) को थालनी गर्दैछौं ।

उपस्थित भद्र महिला तथा सज्जनवृन्द,
भक्तपुर नगरपालिकाले निरन्तर रुपले घोषणापत्र अनुरुप शिक्षा एवं स्वास्थ्यलाई एक सिक्काको दुई पाटाको रुपमा अघि बढिरहेको अवस्थामा यस विषम परिस्थिति (COVID-19) लाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखनुपर्ने आजको आवश्यकता रहेको हामीले देखेका छौं । त्यसरी नै शिक्षालाई विकासको मेरुदण्डको रुपमा भक्तपुर नगरपालिकाले लिंदै अघि बढिरहेको अवस्थामा यस कोरोना महामारीले एउटा फड्को मारेर अघि बढ्ने छौं । तसर्थ यस अवस्थालाई सकारात्मक तवरले प्रविधिको प्रयोग गरी नया“ सोचका साथ समाजलाई अघि बढाउने निर्णय लिएका छौं । किनभने भक्तपुर नगरपालिकाले भक्तपुरलाई कला र सांस्कृतिक नगरको साथै ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्य लिई अघि बढिरहेको कारणले यस अर्थमा मूर्तरुप दिई अघि बढ्ने छौं ।
“पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” भन्ने नारालाई भक्तपुर नगरपालिकाले निरन्तर अगाडि बढाउ“दै गर्दा अहिले हाम्रो संस्कृतिमा पनि यस कोभिड–१९ महामारीको असर प्रत्यक्ष परेको हामीे भोगिरहेका छौं । हामीले हाम्रो संस्कृति÷रितिरिवाजलाई यही महामारीका कारणले हाम्रा नगरवासीहरुलाई सामान्य रुपमा मात्र मनाउन आह्वान गर्न भक्तपुर नगरपालिका वाध्य भयौं । अवश्य पनि हामीले हाम्रा नगरवासीहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौं र हामी स्वस्थ भएमा यस महामारीसंग जित्न सकेमा हाम्रो रितिरिवाज हाम्रो संस्कारलाई निरन्तरता दिनेनै छौं । जीवन्त राख्ने नै छौं । यो कुरा हाम्रा नगरवासीहरुले बुझ्नु नै भएको हामीले पाएका छौं र यसलाई अझै पनि निरन्तर रुपले साथ दिनु हुनेमा हामी विश्वस्त छौं ।
यसरी हामीले हाम्रो कलाकारिता र सम्पदालगायत संस्कृतिलाई नया“ पुस्तामा हस्तान्तरण गर्दै सदियौंसम्म अगाडि बढाउन लागिपरेका छौं भने अर्कोतिर सरकारले काठमाण्डौ उपत्यकामा ठूला ४ उपनगरहरु निर्माण शुरु गर्न लागेको हामीलाई जानकारीआएको छ । नेपाल मजदुर किसान पार्टीले शुरुदेखि यसको विरोध गर्दै आएको यहा“हरु सम्पूर्णलाई अवगत छ । यसमा हामी सबै नगरवासीहरु सचेत रहनु अत्यन्तै जरुरी छ । किनभने हामीले सबैभन्दा पहिले उपत्यकामा भएका बस्तीहरु व्यवस्थित गर्न जरुरी छ भन्दै आएका हांंै । उपत्यकाको क्षमता अनुसार मात्र बस्ती बसाल्नु पर्ने र उपत्यकाले हालको कोरोना महामारी ठेग्न नसकेको हामीले आज भोगिरहेका छौं भने खानेपानी÷ढल निकास÷पारवन÷यातायात जस्ता अत्यावश्यक पूर्वाधारको बारेमा हामीले धेरै अगाडिदेखि बोल्दै आएका थियौं । त्यति मात्र नभएर हाम्रो संस्कृतिस“ग सम्बन्धित कृषि उत्पानदहरुको अभाव हुने संभावना बढि हुनेछ र हामीले हाम्रो संस्कृतिलाई निरन्तर रुपमा अघि बढाउन कठिन हुने छ ।

अन्यथा हाम्रा भावी सन्ततिलाई हामीले हाम्रो पुर्खाले सिर्जेको सम्पत्ति सुम्पन मुश्किल हुनेछ । यसर्थ हामी सम्पूर्ण नगरवासीले यसबारे मनन गरौं ।
आजको यस विशेष परिस्थितिमा हामीले हाम्रो नगरवासीहरुको साथ र सहयोगमा नगरको चौतर्फी विकासका लागि विकास निर्माणका कामहरु÷संरक्षणका कामहरु निर्वाद रुपमा भइरहेको छ र भनपा यहांहरुको निरन्तर साथ रहनेमा विश्वस्त छौं । भक्तपुर नगरपालिका र नगरवासी एक अर्काको परिपूरक हो । त्यसैले हामीले गर्ने हरेक काम नमूनाको रुपमा गर्न जनताको साथ लिएर अगाडि बढेका छौं । तसर्थ आगामी दिनहरुमा पनि जस्तोसुकै परिस्थितिमा पनि हातेमालो गर्दै अगाडि बढौं भन्दै यस कोरोना महामारीको अवस्थामा हामी सबै जना सजग भई, सुरक्षाका उपायहरु अपनाऔं भन्दै उपस्थित सम्पूर्ण महानुभावहरुलाई भक्तपुर नगरपालिकाको यस सातौं नगर सभा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा पुनः स्वागत गर्दछु । धन्यवाद १

रजनी जोशी
उपप्रमुख, भक्तपुर नगरपालिका

 

Leave A Reply

Your email address will not be published.