Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

७ असार २०७७

0

(भक्तपुर नगरपालिकाको सातौ नगरसभाको उद्घाटन समारोह (२०७७, असार ७, आइतबार) नगर प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको विस्तृत विवरण)

नगर सभासद्ज्यूहरू,
भक्तपुर नगरवासी मतदाता दाजुभाइ दिदीबहिनीहरूको मतबाट हामी निर्वाचित भएको तीन आर्थिक वर्ष पूरा भयो र चौथो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा छौं । बितेका तीन वर्ष निर्वाचनको बेला निर्वाचन घोषणापत्रमार्फत जनताबीच गरेका प्रतिबद्धतालाई ध्यानमा राखी हामीले काम ग¥यौं । हाम्रा हरेक काम खुल्ला पुस्तकसरह पारदर्शी छ । नगर र नगरवासीहरूलाई केन्द्रमा राखी काम गर्ने सिलसिलामा हाम्रा कमी कमजोरीहरूलाई औंल्याई रचनात्मक आलोचना गरी निरन्तर सहयोग गर्ने सचेत नगरवासीहरूलाई भक्तपुर नगरपालिकाको तर्पmबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

्य अहिले सारा विश्व कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेको छ । विश्वभर ८५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने ४ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपाल सरकारले पनि कोरोना पैmलिन सक्ने सम्भावित जोखिमबाट बचाउन २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) लागू ग¥यो । महिनौंसम्म सि·ो देश ठप्प भयो, विकास निर्माणका कामहरू हुन सकेनन् । अब विस्तारै आर्थिक गतिविधि र विकास निर्माणका कामहरू शुरु हुँदैछन् । यस्तो जोखिमपूर्ण समयमा समेत सम्पदाहरूको महत्व र मौसमलाई ध्यानमा राखेर सबै सुरक्षा विधि अपनाई स्थानीय कामदारहरूमार्फत पुनः निर्माणको कामलाई निरन्तरता दियौं । संकटको बेला जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने मान्यताकासाथ जनतालाई कुनै समस्या नपरोस् भन्ने कुरामा हामीले सचेततापूर्वक काम गर्दै आयौं । नियमित सरसरफाइ, राहत वितरण, तरकारी बजार व्यवस्थापन, टोल–टोलमा साबुन पानीको व्यवस्था, टोल टोलमा क्लोरिनसहित बिषादी छर्किने, बाहिरबाट आएकालाई क्वारेन्टाइनको व्यवस्था र दैनिक माइकि· गरी जनचेतना जगाउने जस्ता कार्यहरू नगरपालिकाले निरन्तर गर्दै आयो ।

्य कोरोनासम्बन्धी आपतकालीन खर्च व्यवस्थापनको लागि नगरपालिकाले रु १ करोड रुपैयाको प्रकोप व्यवस्थापन कोष खडा गरी सहयोग गर्न चाहने व्यक्ति, संघ–संस्थाहरूलाई सोही कोषमा नगद वा जिन्सी सहयोगको लागि आग्रह ग¥यौं । हालसम्म विभिन्न व्यक्ति तथा संघ–संस्थाहरूका तर्फबाट रु १२ लाख ६५ हजार नगद र लाखौं रुपैंया बराबर जिन्सी सहयोग प्राप्त भएको छ । प्राप्त सहयोगलाई आवश्यकताअनुसार प्राथमिकता तोकी पारदर्शी ढंगले खर्च गर्दै आएका छौं । विपदको बेला आर्थिक र भौतिक सहयोगका साथै आ–आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर भक्तपुरको बिस्काजात्रा, बुद्धजयन्ती, मातातीर्थ औंसी र स्थानीय जनताले मनाउने गरेको देवाली पूजा जस्ता चाड पर्वहरूमा समेत घरबाट ननिस्की नगरपालिकाको अनुरोधलाई स्वीकार गरी अनुशासन प्रदर्शन गर्ने सम्पूर्ण नगरवासीहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौं ।

्य नेपालको संविधान २०७२ मा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र साझेदारीमा संघीयता कार्यान्वयनको व्यवस्था भए पनि केन्द्रमा बस्नेहरूमा अझै एकात्मक सोचको अन्त्य भएको छैन । नीतिभन्दा व्यक्तिगत पहुँचको आधारमा संघ र प्रदेशको बजेट विनियोजन गर्ने, जनप्रतिनिधिहरूलाई सिंहदरवार धाउन पर्ने सामन्ती संस्कारले निरन्तरता पाएको छ । संघीयता शब्दमा होइन, हामी व्यवहारमा खोज्दैछौं । केन्द्र र प्रदेशको आदेश र निर्देशनमा शासन चलाउन खोज्नु संघीयता होइन । स्थानीय तहहरू स्वायत्त छन् र पूर्ण स्वायत्त हुुनुपर्छ । हामी स्थानीय तहको अधिकारमाथि कहीं कतैबाट कुनै किसिमको हस्तक्षेप नहोस् भन्ने चाहन्छौं ।

्य संघ र प्रदेशका साँसदहरू नीति निर्माताहरू हुन् । नीति निर्माताहरूलाई विकास निर्माणको कामको जिम्मेवारी दिनु उचित होइन । स्थानीय निकायमा जनप्रतिनिधि नभएको बेला शुरु गरिएको साँसद विकास कोषले अभैm निरन्तरता पाएको छ । स्थानीय तहमा जनप्रतिनिधिहरू भइसकेको हुँदा निर्वाचन क्षेत्र विकास कोषको औचित्य समाप्त भएको छ । त्यसकारण उक्त कोष खारेज गरी सिधै सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्थाको लागि हामी माग गर्दछौं ।

्य नेपाल सरकार शहरी विकास मन्त्रालय, काठमाण्डौ उपत्यका विकास प्राधिकरणले काठमाण्डौ उपत्यकाभित्र १ लाख रोपनीको १ वटा र १० हजार रोपनीको ३ वटा गरी ४ वटा उपसहरहरूको निर्माण गर्ने भनी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पारित गरी कामलाई अगाडि बढाएको छ । घना जनसंख्याको कारण उपत्यकामा फोहरमैला व्यवस्थापन, खानेपानी, ट्राफिक जाम र वातावरण प्रदुषण जस्ता समस्याहरू दिनानुदिन बढिरहेको अवस्थामा उपत्यकामा ठूल्ठूला उपसहरहरूको विकासले उपत्यकावासीले थप समस्या भोग्नुपर्नेे निश्चित छ । उपत्यकामा प्राचीन कालदेखि साँस्कृतिक केन्द्रको रुपमा विकसित सहरहरू भएको हुँदा त्यसको मौलिकता बचाई उपत्यकालाई साँस्कृतिक केन्द्रकै रुपमा संरक्षण गर्नु आवश्यक छ । यसर्थ उपत्यका विकास प्राधिकराणबाट अगाडि बढाइएका उपसहरहरूको निर्माण प्रकृया अविलम्ब रोक्न र उपत्यकाबाहिर स–साना सहरहरूको विकासमा ध्यान दिन नेपाल सरकारसँग आग्रह गर्दछौं ।

्य “हाम्रो सम्पदा हामी आपैmले संरक्षण र जिर्णोद्धार गरौं” भन्ने भावनाले सम्पदाहरू पुनः निर्माण र जिर्णोद्धार कार्य गर्दा ठेक्कामा दिन नहुने निष्कर्ष निकाल्दै उपभोक्ता समितिमार्पmत कार्य गर्दैछौं । सम्पदाको मौलिक स्वरुप बचाउन, सम्पदाप्रति जनताको अपनत्व कायम गर्न र गुणस्तरीय निर्माण गर्न उपभोक्ता समितिमार्पmत कार्य गर्नु नै राम्रो विकल्प हो । यही वर्ष भनपा–५ स्थित भैरवनाथ मन्दिरको जिर्णोद्धार कार्य सम्पन्न भयो । भैरवनाथ मन्दिर जिर्णोद्धारमा रु.५ लाख, १६ हजार आर्थिक र अन्य जिन्सी सहयोेग प्राप्त भयो, बत्सला मन्दिर निर्माणमा हालसम्म ६ लाखभन्दा बढी सहयोग संकलन भइसकेको छ । हालै विश्वप्रसिद्ध ङातापोल मन्दिरको जिर्णोद्धार कार्य भइरहेको छ । हालसम्म ९०० जनाभन्दा बढीले जनश्रमदान गरिसकेका छन् भने नगद ९ लाख रुपैयाभन्दा बढी संकलन भइसकेको छ । अझै जनश्रमदानको लागि नाम लेखाउने २० वटाभन्दा बढी संघसंस्थाहरूको सूची बाँकी नै छन् । हाम्रा हरेक काममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने ती सबै सहयोगी हातहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

्य आ.ब. २०७७।७८ को बजेट तयारी गर्न विगतका वर्षहरूमा झै सम्बन्धित संघ संस्थाहरू र सरोकारवालाहरूसित भेला र बैठकहरू गर्न यो वर्ष लकडाउनको कारण सम्भव भएन । हामीले अनलाइनमार्फत सुझावहरू दिन सबैसंग आग्रह ग¥यौ । अनलाइनबाट नगर र नगरवासीहरूको हितमा गर्नुपर्ने तत्कालीन र दीर्घकालीन योजना र कार्यक्रमहरूकाबारे धेरैवटा सुझावहरू हामीलाई प्राप्त भएका छन् । ती सुझावहरूलाई ध्यानमा राखी सीमित बजेट सीमाभित्र रहेर हामीले बजेट तयारी गर्दैछौं । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ (१) अनुसार आज यस भक्तपुर नगरपालिकाको सातौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौं ः

शिक्षा ः
१. ख्वप विश्वविद्यालय स्थापनाको लागि भइरहेको पहललाई निरन्तरता दिंदै प्राज्ञिक व्यक्तित्वहरूबाट विश्वविद्यालय स्थापनाका आधार एवं अन्य प्राविधिक तयारी गर्न विज्ञहरूको समिति गठन गरी तयारी अगाडि बढाइनेछ ।
२. नगरभित्र संचालित सार्वजनिक विद्यालयहरूको भौतिक सुधार गर्न पूर्वाधारहरू निर्माणमा सहयोग गर्ने नीति लिइनेछ । शिक्षकहरूलाई प्रविधिमैत्री बनाउन आवश्यक तालिमको व्यवस्था गरिनेछ । विद्यालय अनुगमनलाई निरन्तरता दिंदै शिक्षकहरूको स्तरोन्नतिको लागि समय समयमा विषयगत शिक्षक तालिमको व्यवस्था गरिनेछ ।
३. स्थानीय पाठ्यक्रम निर्माणलाई निरन्तरता दिंदै यो आर्थिक वर्षदेखि कक्षा ३ र ८ मा लागू गरिनेछ भने कक्षा ४ र ५ का लागि स्थानीय पाठ्यक्रम निर्माण कार्य पनि पूरा गरिनेछ । स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सहज बनाउन आवश्यक पाठ्यपुस्तक तथा सन्दर्भ सामाग्रीहरू निर्माण गरिनेछन् । स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री तयार गरी भर्चुअल कक्षा संचालन गरिनेछ । विद्यालय तहमा नेपाल भाषा र लिपीको विषयमा अध्यापन कार्यलाई जोड दिइनेछ ।
४. नगरपालिकाद्वारा संचालित शिशुस्याहार केन्द्रहरूको स्तरोन्नती गरी कार्यरत जनशक्तिलाई समयानुकूल योग्य र दक्ष बनाउन आवश्यक तालिमहरू व्यवस्था गर्दै लगिनेछ । आवश्यकता अनुसार अन्य वडामा पनि शिशुस्याहार केन्द्रहरूको विस्तार गर्दैै लगिनेछ ।
५. नगरपालिकाद्वारा सञ्चालित कलेजहरू तथा सामुदायिक विद्यालयको आयोजनामा इन्जिनियरिङ, वाणिज्यशास्त्र, व्यवस्थापन संकाय, समाजशास्त्र, गणितलगायत विषयको राष्ट्रिय स्तरको गोष्ठी, अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ । साथै विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरूको सीप प्रदर्शनीको लागि समय समयमा विज्ञान प्रदर्शनी, इन्जिनियरिङ प्रदर्शनी गर्नुका साथै इन्जिनियरिङ कलेजहरूको तर्फबाट राष्ट्रिय स्तरको रोवोट प्रतियोगिताको आयोजना गरिनेछ ।
६. भक्तपुरको इतिहास, भूगोल, वास्तुकला, कला—संस्कृति, भाषा, वातावरण, सरसफाई, खानेपानीलगायत विभिन्न विषयमा अध्ययन–अनुसन्धान गर्न चाहनेहरूको लागि दिइँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ । इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषामा उच्च शिक्षा हासिल गर्ने नगरवासी विद्यार्थीहरूलाई दिइँदै आएको छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिंदै देशको लागि आवश्यक जनशक्ति तयार गर्न नयाँ नयाँ विषय अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्दै जाने नीति लिइनेछ ।
७. उच्च शिक्षा अध्ययनरत वा अध्ययन गर्न चाहने तर आर्थिक रुपले विपन्न विद्यार्थीलाई दिइँदै आएको रु. ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
८. नगरपालिकाद्वारा संचालित शिक्षण संस्थामा कक्षा ११ र १२ मा कानुन र चित्रकला विषय अध्यापन गर्दै आएकोमा कलेज तहमा पनि ती विषयहरूको अध्यापन सुरु गर्न प्रकृया अगाडि बढाइनेछ । डिप्लोमा तथा क्याम्पस तहमा कृषि विज्ञान, हेल्थ असिस्टेन्ट, ल्याव असिस्टेन्ट एवं मेकानिकल इन्जिनियरिङको कक्षा संचालनको प्रकृया अगाडि बढाइनेछ ।
९. शैक्षिक गुणस्तर विकासको निम्ति आवश्यक सल्लाह सुझावको लागि विज्ञहरूको टोली गठन गरिनेछ । विद्यालय र कलेजहरूमा अध्ययन अध्यापनको साथै नयाँ नयाँ बिषयहरूको खोजमुलक अनुसन्धानलाई पनि जोड दिइनेछ ।
१०. नगरभित्रका सामुदायिक विद्यालयमा अध्यापनरत इ.सी.डी.का शिक्षकहरूलाई प्रोत्साहन रकमको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
११. नगरभित्रका सबल सामुदायिक विद्यालयले नजिकको कमजोर विद्यालयलाई संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
१२. हालसम्म नगरपालिकाले कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा संचालन गर्दै आएकोमा अबदेखि कक्षा ५ को वार्षिक परीक्षा नगरस्तरीय रुपमा संचालन गरिनेछ । नगरभित्रका सामुदायिक विद्यालयहरूमा संचालित शिशु स्याहार कक्षाहरूका विद्यार्थीहरूलाई खाजा खर्चवापत आर्थिक सहयोग प्रदान गरिनेछ ।
१३. नगरका विभिन्न ठाउँहरूमा क्रमशः निःशुल्क वाइफाइको व्यवस्था विस्तार गरी नगरवासी विद्यार्थीहरूलाई अनलाइन कक्षाको पहुँच बढाउन पहल गरिनेछ ।

स्वास्थ्य
१४. भक्तपुर नपा वडा नं. ९ च्याम्हासिंहमा यसै आर्थिक वर्षबाट ख्वप अस्पताल सञ्चालनमा ल्याइनेछ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोगको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न अस्पतालमा पीसीआर मेशिनसहित संघ र प्रदेश सरकारको सहयोगमा नयाँ उपकरणहरूको व्यवस्थाको लागि पहल गरिनेछ ।
१५. घरदैलो नर्सिङ सेवालाई व्यवस्थित गर्दै नगरभित्रका विद्यालय र कलेजहरूमा समेत त्यसको विस्तार गर्ने नीति लिइनेछ ।
१६. नगरपालिकाद्वारा निर्माण गरिएको श्वासप्रश्वास पुनः स्थापन केन्द्र (Respiratory Rehabilitation Center) संचालनमा ल्याई दीर्घ दम रोगीहरूको सहज उपचारको प्रबन्ध मिलाइनेछ ।
१७. आयुर्वेदिक स्वास्थ्य सेवाबारे जनचेतना जगाउनुका साथै वडा वडामा सेवा विस्तार गर्दै लगिनेछ । जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न आयुर्वेदिक स्वास्थ्य कार्यालयलाई उचित ठाउँमा स्थानान्तरण गरी व्यवस्थित र सुविधासम्पन्न अस्पताल संचालन गर्नेतर्फ ध्यान दिइनेछ । नगरपालिकाले आर्युवेद अस्पतालसँग समन्वय गरी आर्युवेदिक उपचार शिविरहरू सञ्चालन गरिनेछ ।
१८. च्याम्हासिंहस्थित आँखा उपचार केन्द्रको सेवा विस्तार गरी जनतालाई सहज र सुलभ तरिकाले शल्यक्रिया सेवाको विस्तार गर्दै लगिनेछ । उक्त केन्द्रलाई ख्वप अस्पतालको निर्माणाधीन नयाँ भवनमा व्यवस्थित रुपमा संचालन गरिनेछ ।
१९. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्वास्थ्य क्षेत्रमा बढी सचेतना अपनाउनुपर्ने हुँदा जनस्वास्थ्य केन्द्रलाई उपचारको लागि सक्षम बनाउन आवश्यक उपकरण तथा प्रविधिहरूको व्यवस्था गर्दै स्वास्थ्य क्षेत्रको लागि उचित बजेट व्यवस्थापन गरिनेछ । नगरका वडाहरूमा वडास्तरीय आधारभूत स्वास्थ्य क्लिनिक निर्माण गरिनेछ ।
२०. क्यान्सर, मृगौला, मुटु, मस्तिष्कघात जस्ता स्वास्थ्य मन्त्रालयले तोकेका कडा रोग लागेका बिरामीहरूलाई दिइँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ ।
२१. नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखी दाँत, मुटु, आँखा, पाठेघरलगायत विभिन्न रोगहरूको नियमित स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । कोभिड–१९ रोगलगायत विभिन्न रोगहरूबारे सचेतना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२२. अगा·ता भएका व्यक्तिहरूलाई सहायक सामग्रीको व्यवस्था गरिनेछ ।
२३. भक्तपुर नगरपालिकाभित्र रहेका अस्पतालहरूको स्वास्थ्य गुणस्तरीयताको अनुगमनमा विशेष ध्यान दिइनेछ ।

सम्पदा र संस्कृति संरक्षण ः
२४. नगरको उपयुक्त स्थानमा साँस्कृतिक प्रदर्शनी केन्द्र स्थापना गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नियमित साँस्कृतिक प्रदर्शनी गरिनेछ । साथै यो वर्ष पनि कुनै एक साँस्कृतिक बाजाको प्रतियोगिता गरिनेछ ।
२५. हाम्रो संस्कृतिलाई जीवन्तता दिनुका साथै नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय र कलेजहरूमा सांस्कृतिक गुरुहरूको व्यवस्था गरी सांस्कृतिक ज्ञानलाई जीवन जिउने आधारको रुपमा क्रमशः विकास गर्दै लगिनेछ ।
२६. भक्तपुरको सम्पदा र संस्कृतिबारे खोजमुलक अध्ययन अनुसन्धान गरी पुस्तक प्रकाशन गरिनेछ । साथै महत्वपूर्ण सम्पदाहरूको पुनः निर्माणसँगै त्यसको सम्पूर्ण विवरणसहितको पुस्तक प्रकाशित गर्ने क्रमलाई अगाडि बढाइनेछ ।
२७. भक्तपुरको संस्कृतिलाई जोगाई युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न निरन्तर योगदान गर्नुभएका संस्कृतिकर्मीहरूको सम्मान कार्यलाई निरन्तरता दिइनेछ ।
२८. नेपाल भाषा, कला, संस्कृति र सम्पदाहरूको महत्वबारे जनचेतना जगाउन स्थानीय पाठ्यक्रम निर्माण, विभिन्न लेख रचनाहरूको प्रकाशन र विज्ञहरूद्वारा प्रवचन, चित्रकला, निबन्धलेखन तथा वादविवाद प्रतियोगिताहरू नियमित सञ्चालन गरिनेछ ।

कृषि
२९. नगरका उपयुक्त ठाउँहरूमा तरकारी बजारको व्यवस्था गरी स्थानीय उत्पादित तरकारीहरूको न्यायोचित मूल्यमा विक्री वितरणको सुनिश्चितता प्रदान गरिनेछ ।
३०. केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी कृषि उत्पादन भण्डारणको लागि उपयुक्त ठाउँमा जग्गाको व्यवस्था गरी बहुबाली चिस्यान केन्द्र स्थापनामा जोड दिइनेछ ।
३१. व्यवसायिक कृषि गर्ने किसानहरूको लागि कृषि प्राविधिक तालिम, च्याउ खेती, कौसी खेती, बेमौसमी नगदे बाली, माटो परीक्षणलगायतका तालिमहरू संचालन गरिनेछ ।
३२. मौसमअनुसार किसानहरूलाई धान, गहुँ, आलुको उन्नत बीउ वितरण गरिनेछ । साथै नगरपालिका आपैंmले उन्नत जातको वीउ उत्पादन तथा नर्सरी व्यवस्थापन गर्न पहल गरिनेछ ।
३३. पशु चिकित्सक र कृषिविज्ञको व्यवस्था गरी पशु चिकित्सालय र कृषिसम्बन्धी तालिमहरूको व्यवस्था गरिनेछ ।
३४. किसानहरूलाई कम्पोष्ट मल, गड्यौला मल बनाउन आवश्यक तालिमसहित प्रोत्साहित गरिनेछ ।
३५. नगर क्षेत्रभित्र तरकारी संकलन केन्द्रहरू स्थापना गरी स्थानीय कृषकबाट उत्पादन हुने तरकारीहरू बजारमा पठाउने व्यवस्थामा सहजीकरण गरिनेछ ।
३६. नगरको उपयुक्त स्थानलाई कृषि क्षेत्र घोषणा गरी कृषि उत्पादनमा वृद्धि गर्ने नीति लिइनेछ ।

वातावरण तथा सरसफाईः
३७. नगरको फोहरमैला व्यवस्थापनका लागि घरघरबाट नै कुहिने र नकुहिने फोहर छुटाछुटै संकलन गरी कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने र नकुहिने फोहरलाई पुनः प्रयोग गर्ने आधुनिक प्लान्ट स्थापनाको कार्य अगाडि बढाइनेछ ।
३८. नगरभित्र प्लाष्टिकको झोलाको प्रयोगलाई निरुत्साहित गरी पुनः प्रयोग गर्न मिल्ने कागज÷कपडाको झोला प्रयोगमा जोड दिइनेछ ।
३९. भक्तपुर नगरपालिका वडा नं. ७ स्थित पाँचा ख्यलाई आकर्षक विचरण पार्कको रुपमा विकास गरिनेछ ।
४०. सिद्धपोखरी, नःपुखु र कमलपोखरी लगायतका ठूला पोखरीहरूमा नौका विहार तथा अन्य पोखरीहरूमा माछापालन, वरपरको क्षेत्रमा हरियाली प्रवद्र्धन गरी सौन्दर्य प्रदान गरिनेछ ।
४१. नगरका कालोपत्रे सडकको दुवै पेटीमा, खोलाको दुवै किनारा, खुला क्षेत्र, पीठ परिसर आदि क्षेत्रमा वृक्षारोपण गरी स्वच्छ, सुन्दर, सफा र हरियालीयुक्त नगरको विकास गर्दै लगिनेछ ।
४२. नगरवासीहरूलाई सम्पदा क्षेत्र, सडक, चोक, गल्ली तथा खुला ठाउँमा फोहरमैला फाल्न निरुत्साहित गरिनेछ । साथै आप्mनो ठाउँ आफैं सफा गर्ने नागरिक भावना विकास गराउन उत्साहित गर्ने उद्देश्यले नगरपालिकाले हरेक महिनाको १ र १५ गते जनप्रतिनिधि, कर्मचारी, स्थानीय टिम, क्लव र स्थानीयवासीको उपस्थितिमा नगरका सम्पदा क्षेत्र, खुला क्षेत्र, खोला, पोखरी सरसफाइ कार्यलाई निरन्तरता दिइनेछ ।

विकास निर्माण ः
४३. भक्तपुर नपा वडा नं. १ स्थित ऐतिहासिक रानीपोखरी, भाज्या पुखुको पुनः निर्माण कार्य र २०७२ सालको भूकम्पले क्षति पु¥याएको दरवार स्क्वायरस्थित वत्सला मन्दिर, भक्तपुर नपा ४ स्थित च्यासिंद्यो, हाडा छेँ, चपाल भैरव द्योछें पुनः निर्माण कार्य सम्पन्न गरिनेछ ।
४४. दरवार क्षेत्रस्थित कला संग्रहालय भवन रहेको न्हय्कं झ्य दरवार, भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका रहेको थंथु दरवार पुनः निर्माणको लागि नेपाल सरकार पुरातत्व विभागसित समन्वय गरी प्रक्रिया अगाडि बढाइनेछ ।
४५. दरवार क्षेत्रस्थित पहिले भक्तपुर नगरपालिकाको नक्सा शाखा रहेको भवन भूकम्पबाट क्षतिग्रस्त भएको हुँदा यो आर्थिक वर्षमा त्यसको पुनः
निर्माणको कार्य प्रारम्भ गरिनेछ ।
४६. भक्तपुर नपा वडा नं. ४ स्थित नरसिंह मन्दिरको पुनः निर्माण कार्य सुरु गरिनेछ भने दरवार स्क्वायरस्थित लापाँ देगको पुनः निर्माणको लागि विस्तृत अध्ययन सुरु गरिनेछ ।
४७. जगन्नाथ क्षेत्रको अध्ययनको लागि इतिहास, संस्कृति र पुरातत्व विज्ञहरूको एक विज्ञ टोली गठन गरी अध्ययन अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ ।

युवा तथा खेलकुद ः
४८. भक्तपुर नगरपालिकाले नगरवासी युवाहरूलाई खेलकुद क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने उद्देश्यले फुटबल, भलिबल, टेबुलटेनिस, सितेरियो कराँते, बक्सिङ, जिम्नेस्टिकजस्ता खेलहरूमा नियमित प्रशिक्षण दिंदै आएकोमा थप खेलहरूको प्रशिक्षण शुरु गरिनेछ । साथै विद्यालय स्तरमा खेल प्रशिक्षण गर्ने उद्देश्यले पूर्णकालीन प्रशिक्षकहरूलाई आवश्यकताअनुसार क्षमता अभिवृद्धि गर्दै लगिनेछ ।
४९. महेश्वरी खेल मैदानलाई रंगशालाको रुपमा विकास गरिनेछ । शहीद स्मृति खेल मैदानलाई व्यवस्थित गरिनेछ । नगरभित्रका अन्य खेल मैदानहरूको स्तरोन्नती गरिनेछ ।
५०. भक्तपुर नपा वडा नं. ८ मा खेलकुद प्रशिक्षण भवन निर्माण सम्पन्न गरी प्रयोगमा ल्याइनेछ भने भक्तपुर नपा वडा नं. १० मा टेबुलटेनिस प्रशिक्षण केन्द्रको भवन पुनः निर्माण गरिनेछ ।
५१. विद्यालय÷कलेजहरूबीच विभिन्न खेलहरूको समय–समयमा अन्तरविद्यालय÷ अन्तरकलेज प्रतियोगिता गरी खेलाडीहरूलाई प्रोत्साहित गर्ने नीति लिइनेछ ।
५२. प्रत्येक वर्ष एउटा खेलको अन्तर नगर प्रतियोगिता सम्पन्न गर्ने नीतिअनुसार खेलकुद समितिका साथीहरूको सल्लाह र सुझावअनुसार कुनै एक खेलको अन्तर नगर प्रतियोगिता सम्पन्न गरिनेछ । साथै विद्यालय स्तरको राष्ट्रपति कप खेलकुद प्रतियोगिता संचालन गरिनेछ ।
५३. विभिन्न खेल विधाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पुरस्कृत हुने खेलाडी, प्रशिक्षक, निर्णायकहरूलाई सम्मान गरिनेछ ।
५४. बाल बच्चादेखि ज्येष्ठ नागरिकहरू समेतको शारीरिक र मानसिक विकासको लागि वडा वडामा राखिएका शारीरिक व्यायाम स्थलहरूको विस्तार गरी विद्यालय र कलेजहरूमा समेत विस्तार गरिनेछ । शारीरिक व्यायामशाला संचालन सम्बन्धी कार्यविधि बनाई व्यवस्थित गरिनेछ ।
५५. विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई केन्द्रित गरी आत्मरक्षा सम्बन्धि तालिमको व्यवस्था गरिनेछ । विद्यालयका शिक्षकहरूलाई पाठ्यपुस्तकमा उल्लेखित खेलहरूको आधारभूत तालिम प्रदान गरिनेछ ।
५६. वडा खेलकुद समितिलाई सक्रिय बनाई खेलकुद प्रशिक्षण र प्रतियोगिता संचालन गर्न प्रोत्साहित गरिनेछ ।

पर्यटन
५७. आर्थिक वर्ष २०७६÷७७ मा सम्पन्न गर्ने लक्ष्यले अगाडि बढाइएको भक्तपुर महोत्सव कोरोना भाइरस (कोभिड १९) रोगको कारण अन्तिम समयमा स्थगित गर्नुपरेको कुरालाई ध्यानमा राखेर यो आर्थिक वर्षमा विभिन्न उत्सवहरूको आयोजना गरिनेछ ।
५८. महिनाको पूर्णिमाको दिन सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्रा संचालन गरी आन्तरिक एवं वाह्य पर्यटन प्रबद्र्धनका गतिविधिहरू अगाडि बढाइनेछ ।
५९. पर्यटन व्यवसायी, होटेल व्यवसायी र विज्ञहरूसँग सल्लाह गरी भक्तपुरमा आन्तरिक पर्यटन प्रबद्र्धन कार्यका लागि प्याकेज सहितको पर्यापर्यटन (Eco tourism) सेवा संचालन गरिनेछ र स्थानीय पथ प्रदर्शकहरूको परिचालनमा जोड दिइनेछ ।
६०. नगर क्षेत्रभित्र उपयुक्त स्थान चयन गरी क्रमशः फेमिली स्टे, होम स्टेको व्यवस्थापनमा जोड दिइनेछ । त्यसको लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
६१. भक्तपुरलाई सुरक्षित पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यअनुरुप नगरका महत्वपूर्ण सम्पदा स्थल तथा मूल सडक र चोकहरूमा सीसी क्यामेराको विस्तार गर्दै लगिनेछ ।
६२. युवाहरूलाई पर्यटन व्यवसायमा आकर्षित गर्न चिनियाँ र जापानी भाषा प्रशिक्षण दिंदै आएकोमा उर्दु भाषालगायत विदेशी भाषाको समेत तालिम दिई युवाहरूलाई रोजगारीको अवसर प्रदान गरिनेछ ।
६३. नगरभित्रका सहकारी संस्थाहरूसंग समन्वय गरी स्तरीय होटल सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययनलाई अगाडि बढाइनेछ ।
६४. आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्न भक्तपुरको कला र संस्कृति झल्किने तथा यहाँका सम्पदाहरूको भिडियो डकुमेन्ट्री बनाई प्रचार प्रसार गरिनेछ ।

खानेपानी ः
६५. भक्तपुरवासी जनतालाई खानेपानीको व्यवस्था गर्न निरन्तर नगरपालिकाले प्रयास गर्दै आएको छ । सबै घरमा नियमित पानी पु¥याउने व्यवस्थाको लागि उपयुक्त ठाउँहरूमा श्रोतको खोजी गरिनेछ । ऐतिहासिक ढुंगेधारा, इनार, पोखरीजस्ता परम्परागत पानीका स्रोतहरूको संरक्षणको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
६६. मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर ल्याउने गरी भक्तपुर नगरपालिका, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) बीच भएको संयुक्त बैठकको निर्णयअनुसार कार्यान्वयनको लागि निरन्तर प्रयास गरिनेछ । विस्तारित शहरी क्षेत्रमा खानेपानी वितरण प्रणाली विस्तार गर्न पहल गरिनेछ ।
६७. नगरका उपयुक्त ठाउँहरूमा आकाशेपानी संकलन र प्रशोधनको व्यवस्था गरी वितरणको व्यवस्था मिलाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिनेछ । जमीनमूनिको पानी पुनर्भरण (Ground Water Recharge) मा नगरवासीहरूलाई प्रोत्साहित गरिनेछ ।
६८. खानेपानी वितरण प्रणालीमा थप सुधारका लागि विद्यमान पाइपको सुधार एवं आवश्यकता अनुसार नयाँ पाइप बिछ्याउने कार्यमा विशेष ध्यान दिइनेछ ।
६९. नगरपालिकाभित्रका विद्यालयहरूमा शुद्ध खानेपानीको व्यवस्थामा जोड दिइनेछ ।

ट्राफिक व्यवस्थापनः
७०. नगरभित्र सवारीसाधनको चाप बढ्दै गएको र जथाभावी पार्किङले नगरको सौन्दर्यतामा नकारात्मक असर परिरहेको हुँदा निश्चित ठाउँहरू तोकी व्यवस्थित सःशुल्क पार्किङको बन्दोबस्त गरिनेछ ।
७१. सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी नियम सम्बन्धमा प्रचलित कानुनी बन्दोबस्तबारे चालक तथा सहचालकहरूलाई अभिमुखीकरण गरिनेछ ।
७२. ट्राफिक नियम सम्बन्धमा स्थानीय जनताहरूमा सचेतना कार्यक्रम संचालन गरिनेछ । साथै यसलाई स्थानीय पाठ्यक्रममा पनि समावेश गर्न पहल गरिनेछ ।

बजार अनुगमन ः
७३. उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिंदै जानेछ । स्वास्थ्यलाई हानी पु¥याउने, कुनै व्यवसायीले निहित स्वार्थ पूरा गर्न कानुनविपरीत म्याद नाघेका, कुहिएका वा अखाद्य पदार्थ मिसाइएका माल सामान, खाद्यान्न वा कुनै उपभोग्य वस्तु बिक्री गर्नेलाई प्रहरी प्रशासनको समन्वयमा कानून बमोजिम कडा कारबाही गरिनेछ ।
सहकारी ः
७४. नगरभित्र सञ्चालित सहकारी संस्थाहरूको अनुगमन र तालिमको व्यवस्था गरिनेछ ।
७५.“एक विद्यालय एक सम्पदा” सरसफाइ अभियान सञ्चालन गर्दै आएकोमा आ.व. २०७७÷७८ देखि सहकारीहरूसँग समन्वय गरी “एक सहकारी एक क्षेत्र सरसफाइ” को नीतिलाई क्रमशः कार्यान्वयन गरिनेछ । सम्पदाहरूको पुनः निर्माण वा जीर्णोद्धारको क्रममा सहकारी सदस्यहरूबाट श्रमदान गर्ने नीतिलाई अगाडि बढाइनेछ ।
७६. नगरभित्र सञ्चालित सहकारी संस्थाहरूलाई उत्पादनमूलक गतिविधिमा लगानी बढाउन नपाको तर्पmबाट सहकारी विकास कोष खडा गरी प्रोत्साहित गरिनेछ । विषयगत सहकारी संस्था प्रबद्र्धनमा विशेष जोड दिइनेछ ।

आवास योजना ः
७७. भक्तपुर नपा वडा नं. २ र ६ मा सञ्चालित देको मिवा इटापाके आवास योजनाको बाँकी कार्य सम्पन्न गर्दै स्थानीय उपभोक्ताहरूलाई क्रमशः जग्गा फिर्ता गरिनेछ । साथै आयोजनालाई शीघ्र सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ । भक्तपुर नपा वडा नं. ९ मा सञ्चालित तुमचो दुगुरे आवास योजना चालु आ.व.मा सम्पन्न गरी त्यसको बाँकी काम नगरपालिकाले गर्ने गरी आयोजना बन्द गरिनेछ ।

सूचीकरण ः
७८. नगरभित्रका डकर्मी, ल्होकर्मी, सिकर्मीलगायतका कालीगढ र कलाकारहरूको सूचीकरण गरिनेछ । सम्पदा र पूर्वाधार निर्माणमा सूचीकृत कालीगढ तथा कलाकारहरूलाई प्राथमिकता दिइनेछ । देशका विभिन्न स्थानबाट कालीगढ तथा कलाकारहरूको माग भएमा सूचिकृतहरूमध्येबाट पठाइने व्यवस्था मिलाइनेछ ।
७९. डकर्मी र सिकर्मीहरूलाई नयाँ तथा भूकम्प प्रतिरोधी प्रविधिमैत्री भवन निर्माणसम्बन्धी तालिम दिइनेछ ।

युवा लक्षित तालिम ः
८०. नगरभित्रका दक्ष युवा जनशक्तिको सूचीकरण गरी नगरको समग्र विकासका साथै देशका विभिन्न जिल्लाहरूमा आवश्यकता अनुसार दक्ष जनशक्ति परिचालनका लागि संघ, प्रदेश र स्थानीय सरकारहरूसँग समन्वय गरिनेछ ।
८१. युवाहरूलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने नीति लिइनेछ । काष्ठकला, प्रष्टरकला, मूर्तिकला, चित्रकला, सिलाई, रेडियो—टेलिभिजन प्रस्तोता, फोटोग्राफी, भिडियोग्राफी, पथ प्रदर्शकलगायत विषयका तालिम दिइनेछ । मोटरसाइकल, मोबाइल मर्मत, रेडियो टेलिभिजन मर्मत, रेफ्रिजेरेटर मर्मत, प्लम्बि·, विजुली बत्ती मर्मत लगायतका तालिम दिई युवाहरूलाई स्वरोजगार बनाइनेछ ।
८२. युवाहरूलाई कृषि, पर्यटन, घरेलु तथा साना उद्योग सञ्चालन गर्न सक्षम जनशक्ति तयार गर्न सीपमूलक तालिमहरू सञ्चालन गरिनेछ ।
८३. नगरवासी युवा तथा विद्यार्थीहरूलाई आगलागी, बाढी, भूकम्प लगायतका प्राकृतिक प्रकोप तथा महामारी रोगविरुद्ध गतिविधिमा सहभागी गराउन उत्प्रेरित गर्ने उद्देश्यले प्रकोप व्यवस्थापन सम्बन्धी तालिम संचालन गरिनेछ ।

चौपाया तथा पशुपक्षी नियन्त्रण ः
८४. सडकमा जथाभावी गाइगोरु, बंगुर—सुंगुर, बाख्राजस्ता जीवजन्तुहरू छाडा छाड्नेहरूलाई कडा कारबाहीको नीति लिइनेछ र भुस्याहा कुकुर नियन्त्रण गर्न आवश्यक व्यवस्था गरिनेछ ।
८५. कुकुर पाल्ने नगरवासीहरूलाई सम्पदा क्षेत्र, नगरको चोक, गल्ली र सडकहरूमा जथाभावी फोहर गर्न निरुत्साहित गरिनेछ । साथै कुकुर पाल्ने नगरवासीहरूले वडा कार्यालयमा कुकुर पालन सम्बन्धि अनुमति लिनुपर्ने व्यवस्था लागू गरिनेछ ।
८६ .युवा स्वरोजगार कार्यक्रममार्फत युवा उद्यमशीलता विकास गर्ने प्रयास गरिनेछ ।

पर्ती जग्गा संरक्षण ः
८७. नगरभित्र विभिन्न ठाउँमा रहेका पर्ती, सार्वजनिक, सरकारी तथा नगरपालिकाको आप्mनै जग्गा संरक्षण गरी अधिकतम् उपयोग गरी आय आर्जनको श्रोत बनाइनेछ ।

अन्य ः
८८. २०७२ को भूकम्पले त्रिपरासुन्दरीस्थित अरनिको सभाभवन क्षतिग्रस्त भएपछि कार्यक्रम गर्न समेत जनताले समस्या भोग्दै आएको हुँदा भक्तपुर नपा वडा नं. ६ देकोचास्थित जग्गामा यो वर्ष अरनिको सभाभवन निर्माण शुरु गरिनेछ ।
८९. नगरको उपयुक्त स्थानमा आदर निकेतन दिवा सेवा यसै आर्थिक वर्षदेखि सुरु गरिनेछ ।
९०. दृष्य प्रदूषण घटाउन नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी नगरका विभिन्न ठाउँहरूमा छरपष्ट रहेका तारहरू भूमिगत बनाउने कार्यलाई मुख्य बजार क्षेत्रमा पहिलो चरणमा सम्पन्न गरिनेछ ।
९१. स्थानीय महिला दिदी बहिनी तथा ज्येष्ठ नागरिकहरूलाई साक्षरता कक्षा र निरन्तर शिक्षा कार्यक्रम संचालन गरिनेछ ।
९२. कागजलगायत विभिन्न खेर गइरहेको पुनः प्रयोग गर्न मिल्ने वस्तुहरूलाई पुनः प्रयोगमा ल्याउने प्रक्रियालाई अगाडि बढाइनेछ । नगरपालिका र मातहतका सबै कार्यालयहरूमा पुनः प्रयोग विधिबाट र्नििर्मत सामाग्रीहरूको प्रयोगलाई प्राथमिकता दिइनेछ ।
९३. नगरभित्रका कार्यालय, संघसंस्था, शिक्षण संस्था र नगरवासीहरूलाई स्थानीय उत्पादन प्रयोगमा उत्साहित गराइनेछ ।
९४.नगरपालिकाले गर्ने निर्माण तथा कार्यालय सामानहरू, फर्निचरका सामानहरू स्थानीय व्यवसायीहरूसँग उपलब्ध भएसम्म स्थानीयसँगै खरिद गर्ने नीतिलाई अगाडि बढाइनेछ । यसबाट स्थानीय व्यवसाय प्रवद्र्धन हुनेछ ।
९५. ख्वप एफएम तथा ख्वप टेलिभिजनको रेकर्डि· स्टुडियो निर्माण गरिनेछ ।
९६. नगरपालिका क्षेत्रभित्रका घरहरूको अभिलेखीकरण तथा तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले वैज्ञानिक विधिबाट घर नम्बरिङ कार्य थालनी गरिनेछ ।
९७. नगरपालिकाद्वारा सञ्चालित कलेजहरू र विद्यालयहरूमा विशिष्टिकृत कानुनी कक्षा सञ्चालन गरिनेछ ।
९८. सर्वसाधारण जनतामा कानुनी ज्ञान दिलाउन वडास्तरमा लेखापढी सम्बन्धी तथा आधारभूत कानुनी साक्षरता कक्षा सञ्चालन गरिनेछ ।
९९. साना तथा घरेलु उद्योगबाट निस्कने धुलो, धुँवा न्युनीकरण गर्न यसबारे सम्बन्धित व्यवसायीहरूसँगको समन्वयमा अनुसन्धान गरी स्वास्थ्यमा कुनै किसिमको हानी नपुग्ने गरी आधुनिक प्रविधिको प्रयोग गर्न व्यवसायीहरूलाई उत्साहित गरिनेछ ।
१००. साना तथा घरेलु उद्योगको उत्पादनलाई प्रोत्साहित गर्दै भक्तपुरको जुजु धौ, भादगाउँले टोपी, घरबुना कपडा, ताइच्यून चिउरा, हाकुपटासी प्रवद्र्धन गर्ने नीति लिइनेछ ।
१०१. भूकम्प पीडितलाई नक्सा पासमा दिइँदै आएको छुटलाई निरन्तरता दिइनेछ । साथै पुरानो नगर क्षेत्रमा मौलिक शैलीमा घर बनाउने घरधनीहरूलाई मोहडामा लाग्ने इँटा, काठ र झिंगतीको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदानलाई निरन्तरता दिइनेछ
१०२. मासुजन्य पदार्थ विक्री वितरणलाई व्यवस्थित गर्न खुल्ला स्थानमा पशुवध गर्ने कार्यलाई निरुत्साहित गरिनेछ । नगरको उपयुक्त स्थानमा पशु वधशालाको निर्माण गरिनेछ ।
१०३. नगरको सुन्दरतालाई असर पर्नेगरी होर्डिङ बोर्ड, तुल व्यानर, पम्प्लेट आदिलाई निरुत्साहित गर्दै सम्पदा क्षेत्र बाहेकका स्थानमा निश्चित मापदण्डको आधारमा विज्ञापन सामग्री राख्न दिइनेछ ।
१०४.घुम्ती तथा फुटपाथ पसललगायत सडक आवागमनमा अवरोध हुनेगरी सामान थुपार्ने र विक्री गर्ने कार्यलाई क्रमशः निषेध गर्दै लगिनेछ ।
१०५. महामारीको रुपमा फैलिएको कोभिड १९ को असर समेतलाई मध्यनजर गरी करमा छुट लगायतका सुविधा प्रदान गरी करको दायरा वृद्धिमा जोड दिइनेछ ।
१०६. करदाता तथा नगरवासीहरूले घरघरबाटै सूचना प्राप्त गर्न सक्ने, सेवा लिन सक्ने तथा कर तिर्न सक्ने समेतको व्यवस्थाको लागि आधुनिक सूचना प्रविधिको प्रयोगमा जोड दिइनेछ ।
१०७. अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) र गैरसरकारी संस्था (एनजीओ) ले भक्तपुर नगरपालिकाको अनुमतिमा मात्रै नगरपालिका क्षेत्रमा कार्य गर्ने व्यवस्था गरिनेछ ।

मिति ः २०७७।३।७ गते

 

Leave A Reply

Your email address will not be published.