Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरि· कलेजका प्राध्यापक डा. जटाधर झाको विदाई

२०७७ साल असार ५ गते, शुक्रबार

0

भक्तपुर । ख्वप इन्जिनियरि· कलेजमा सेवारत प्राध्यापक डा. जटाधर झाको उमेर हदका कारण आज एक कार्यक्रममा बीच विदाई कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि व्यक्ति रिटायर्ड हुनु भन्दा बढी महत्वपूर्ण कुरो उहा“को योगदान हुने बताउनुभयो । उहा“ जोश अनुभवले एक युवा भएको बताउनुभयो । कलेज तथा शैक्षिक संस्थाको प्रगति भनेको त्यहा“का प्राध्यापक र कर्मचारीहरुको हातमा हुने बताउनु हु“दा हामीस“ग नया“ पुस्ताका जोश र जागर भएका प्राध्यापक तथा कर्मचारीहरु तयार भएकोमा खुसी व्यक्त गर्नुभयो । पुराना पुस्ताको अनुभवलाई नया“ पुस्ताले आत्मसाथ गरी अगाडि बढ्ने भएको ह“ुदा अनुभवी पुस्ताको महत्व बढी भएको चर्चा गर्नुभयो । आफ्नो जीवनमा भोगेका ओकाली ओरालीहरु नया“ पुस्तालाई बताउनुपर्ने, कलेजले अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरकोे कार्यशाला गोष्ठी र सम्मेलन गर्नुपर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको रोबर्ट प्रतियोगितालगायत अन्य शैक्षिक गतिविधि गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमा भक्तपुर नगरपालिकाका उपमेयर एवं कलेज संचालक समितिका उपाध्यक्ष आ. रजनी जोशीले जटाधर झा सरको कलेजमा पु¥याउनु भएको योगदानको सम्पूर्ण प्राध्यापक कर्मचारीले अनुसरण गर्नुपर्ने बताउनु हु“दै रिटायर्ड भएपनि कलेज सेवामा लागिरहनु हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरि· कलेजका प्राचार्य ई. सुजन माकले जटाधर झाले कलेजमा सेवारत रहेको अवधिमा एक कुशल अभिभावकको रुपमा भूमिका निभाउनुभएको चर्चा गर्नुभयो । कलेजमा कार्यरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उहा“ मर्गनिर्देशक बन्नुभएको, दिइएको जिम्मेवारी उत्साहका साथ पूरा गर्ने वहा“को लगनशीलता, विषयवस्तु प्रतिको गहिरो ज्ञान, माक्सवादी साहित्य प्रतिको लगावको विषयमा चर्चा गर्नुभयो । उहा“ले भक्तपुरमा सम्पन्न दुई वटा नेपालभाषा साहित्य तःमुज्यामा रुसी भाषामा साहित्य बाचन गर्नुभएको चर्चा गर्नुभयो । कलेजको शैक्ष्ँिक एवं अनुसन्धनात्मक कार्यमा झा सरको सराहनीय योगदान भएको बताउनु हु“दै उहा“कै अथक मेहनतमा कलेजले निरन्तर रुपमा इन्जिनियरि· जोर्नल प्रकाश गर्ने अवसर पाएको बताउनु भयो ।

कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरि·का प्राचार्य ई. सुनिल दुवाल झा सरबाट सबैले कसरी आफूलाई रचनात्मक बनाउने भन्ने कुरा सिक्न सक्ने बताउनु भयो । उहा“को आचरणबारे बताउनु हु“दै उहा“ सबैका सहयोगी भएको, अरुलाई मार्गदर्शन गर्न सक्ने शिक्षक एवं एक कुशल नेतृत्वकर्ता भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले दोसल्ला ओधाई सम्मान गर्नुका साथै कदर पत्र पनि प्रदान गर्नुभयो । कार्यक्रममा कलेजका उप–प्रँचार्यद्वय ई. रविन्द्र फोजू र ई. रत्नशोभा प्रजापति, डा. मंजिप शाक्य, सिद्धिराम सुवाल र राजन जतिे पनि बोल्नु भएको थियो ।

कार्यक्रममा उमेर हदका कारण अनिवार्य अवकाश पाउनु भएका प्रा.डा. जटाधर झा सरले आफ्नो जीवनमा भोगेका विभिन्न आरोह अवरोहको बारेमा चर्चा गर्नुह“दै कलेज सेवाका अनुभवहरुमा बताउनुभयो । प्रा.डा. जटाधर झा ख्वप इन्जिनियरि· कलेजमा मिति २०६८ श्रावण १ गतेदेखि पूर्णकालीन प्राध्यापक भई कलेजमा सेवारत हुनुहुन्थ्यो । उहा“ले आज मिति २०७७ असार ५ गते उमेर हदका कारण अनिवार्य अवकास पाउनुभएको हो ।

Leave A Reply

Your email address will not be published.