Explore news and happenings at Bhaktapur

भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाई कार्यक्रम

भक्तपुर । असार ३ गते, बुधबार

0

भक्तपुर नपाको आयोजनामा भक्तपुरबाट सरुवा भई जानुहुने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाइ कार्यक्रम बुधबार सम्पन्न भयो ।

बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि तथा कर्मचारीहरुले जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुहुँदै राम्रो काम सँधै स्मरणीय हुने र नराम्रो कामले बद्नाम गर्नेतर्फ सजग पार्नुभयो ।

भक्तपुर नगरपालिकाले प्रहरी प्रशासनसँग आपसी सरसल्लाह र समन्वयमै आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको स्मरण गर्नुहुँदै नगर प्रमुख प्रजापतिले सही नेतृत्वले देशलाई सही बाटोमा दो¥याउने बताउनुभयो । कोरोना भाइरस संक्रमणको जोखिम न्युनीकरणमा भक्तपुरको प्रहरी प्रशासनले खेलेको भूमिकाको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरमा एकद्धार प्रणालीमार्फत भएको राहत वितरणले समाजलाई फाइदा पु¥याएको छ भन्नुभयो ।

प्रहरी उपरीक्षक सबिन प्रधानले भक्तपुर बस्दाको अनुभव आदानप्रदान गर्नुहुँदै भक्तपुरलाई आफ्नो कार्य क्षेत्र बनाई काम गर्दा निकै सकारात्मक सहयोग पाएको अनुभूति भएको बताउनुभयो । काम गर्ने सिलसिलामा देखिएका संस्थागत र राजनैतिक चुनौतीहरु भक्तपुर नपासँगको आपसी समन्वयमा समाधान भएको बताउनुहुँदै प्र.उ. प्रधानले लकडाउनको समयमा पनि बिस्केट जात्रा व्यवस्थापन निकै शान्तिपूर्वक भएको र आफ्नो कार्यकालबाट सन्तुष्ट भएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

नगर प्रमुख प्रजापतिले प्रहरी उपरीक्षक प्रधानलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र भाँदगाउँले टोपी लगाई दिनुभएर बिदाइ गर्नुभयो । प्रहरी उपरीक्षक सबिन प्रधान २०७६ साल जेठ १७ गते महानगरी प्रहरी परिसर भक्तपुरमा सरुवा भएर आउनुभएको हो ।

 

Leave A Reply

Your email address will not be published.