Explore news and happenings at Bhaktapur

0

भक्तपुर, २ असार । भक्तपुर नगरपालिकाका वडाहरूमा मंगलबार सामाजिक सुरक्षा भत्ता वितरण गरियो ।

भक्तपुर नगरपालिका वडा नं. १ कार्यालय भार्वाचोमा ज्येष्ठ नागरिक १३६ जनालाई रु. १२,०००।– का दरले रु. १६३२०००।–, ७० वर्ष उमेर पुगेका एकल महिला ४५ जनालाई रु. १२,०००।– का दरले रु. ५,४०,०००।–, ७० वर्षमुनिका ६० वर्षमाथिका एकल महिला ५३ जनालाई रु. ८,०००।– का दरले रु. ४,२४,०००।–, ६० वर्षमुनिका एकल महिला ६३ जनालाई रु. ८,०००।– का दरले रु. ५,०४,०००।–, पूर्णअशक्त ६ जनालाई रु. १२,०००।– का दरले रु. ७२,०००।– र आंशिक अशक्त नागरिक १५ जनालाई रु. ६,४००।– का दरले रु. ९६,०००।– सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । त्यस्तै अघिल्लो चौमासिक भत्ता लिन छुट भई हाल प्राप्त गर्ने ज्येष्ठ नागरिक ३ जनाले रु. १२,०००।– का दरले रु. ३६,०००।–, एकल महिला एक जनाले रु. ८०००।– का दरले ८,०००।– समेत गरी जम्मा ३२१ जनालाई रु. ३३,१२,०००।– सामाजिक सुरक्षा भत्ता वितरण भएको वडा सचिव दामोदर लिवीले बताउनुभयो ।

त्यस्तै वडा नं. ६ मा ज्येष्ठ नागरिक २०९ जनालाई २५,०८,०००।–, एकल विधवा महिला १२७ जनालाई १०,१६,०००।–, ७० वर्ष नाघेका एकल महिला ४४ जनालाई ५,२८,०००।–, पूर्ण अशक्त ४ जनालाई ४८,०००।–, आंशिक अशक्त २० जनालाई १,२८,०००।– र विपन्न बालबालिका एक जनालाई १,६००।– वितरण गरिएको छ ।

वडा नं. ९ मा ज्येष्ठ नागरिक ३०६ जनालाई ३६,७२०००।–, एकल महिला १३७ लाई १०,९६,०००।–, पूर्ण अशक्त ४ जनालाई ४८,०००।– र अति अशक्त १७ जनालाई १,०८,८००।– गरी जम्मा रु. ४९,२४,८००।– वितरण गरिएको छ ।

बा“की भएकालाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यालयले जनाएको छ ।

यसरी नै वडा नं. १० मा ज्येष्ठ नागरिक १४६ जनालाई १७, ५२,०००।–, ७० वर्ष पूरा भएका एकल महिला ४८ जनालाई ५,७६,०००।–, एकल महिला १०३ जनालाई ८,२४,०००।–, पूर्णअशक्त ६ जनालाई ७२,०००।– र आंशिक अशक्त ९ जनालाई ५७,६००।– गरी ३२,८१,६००।– रकम विरण गरियो ।
उक्त सामाजिक सुरक्षा भत्ता असार ५ गतेसम्म वितरण हुनेछ ।

Leave A Reply

Your email address will not be published.