Explore news and happenings at Bhaktapur

उत्साहित जनश्रमदानसँगै च्याम्हासिंह प्रवेशद्वार पुनर्निर्माण सम्पन्न

भक्तपुर, १५ जेठ ।

0

भक्तपुर नगरपालिकाको पूर्वी नाका वडा नं. ९ मा पुनः निर्माण गरिएको च्याम्हासिंह ध्वाकाको छाना छाउने कार्य मंगलबार सम्पन्न भयो ।
विसं. २०७२ को विनाशकारी भूकम्पबाट भत्केको उक्त प्रवेशद्वार पुनः निर्माण गर्न २०७३ सालमा उपभोक्ता समितिको गठन भएको तर भूकम्पबाट भत्किएका पुरानो नगरभित्रका घरहरुको पुनः निर्माण तीब्र गतिमा भइरहँदा निर्माण सामग्री लान गा¥हो हुन सक्ने भनी स्थानीय जनताले तत्काल उक्त ध्वाका नबनाउन आग्रह गरे अनुसार पुनः निर्माण कार्य रोकिएको थियो ।
२०७६ भदौको अन्तिम साता उक्त ध्वाका पुनः निर्माण कार्य पुनः थालनी गरिएको र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको उपभोक्ता समितिका अध्यक्ष गंगाराम ज्याख्वले बताउनुभयो । ध्वाकाको आ.व. ०७२।०७३ मा गरिएको शुरु लागत इष्टिमेट ३० लाख ९७ हजार ७०५ रुपैया ३९ पैसा थियो भने आ.व. २०७६।०७७ मा पुनः लागत इष्टिमेट गरिएको थियो । त्यस अनुसार नगरपालिकाको बजेटबाट ३९ लाख २८ हजार ३०८ रुपैया २२ पैसाको ल.इ. मा उक्त ध्वाकाको पुनः निर्माण थालिएको वडाध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिनुभयो ।
उहाँले पुरानो नगर प्रवेश गर्ने ऐतिहासिक ध्वाकालाई भूकम्पअघिकै स्वरुपमा बनाइएको बताउनुभयो । भूकम्पले पूर्ण रुपमा क्षति भएको उक्त ध्वाकाको प्राविधिक अध्ययन गरी अहिले पुनः निर्माण गर्दा ध्वाकाको भित्री भागमा काठका थाम, तान र चौका तथा माथिल्लो भागमा निलहरु थप गरिएको बताइएको छ । पुरातात्विक महत्वको ध्वाका निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग नगरिएको र ढलान पनि नगरिएको वडा प्राविधिक अर्हत बज्राचार्यले जानकारी दिनुभयो ।
ध्वाकाको छाना छाउने कार्य दुई दिनमा सकिएको र उक्त कार्यमा स्थानीय टोलबासीहरुको उत्साहित जनश्रमदान जुटेको उपभोक्ता समितिका अध्यक्ष गंगाराम ज्याख्वले बताउनुभयो । हामीले ध्वाका पहिला जस्तो थियो त्यस्तै बनाउने प्रयास ग¥यौं र जहाँ पहिला बनाइएको थियो, त्यही नै बनायौं, उहाँले भन्नुभयो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले देशव्यापी बन्दाबन्दी लागू गरेको समयमा छाना छाउने कार्य हुँदा केही असहज अनुभव गरेपनि उक्त कार्य पूरा गरेको कामदारहरु बताउँछन् । स्थानीय कालीगढ र स्थानीय ज्यामीहरु मात्र प्रयोग गरिएको र प्रहरी प्रशासनसंग समन्वय गरी ध्वाका पुनः निर्माण कार्य थालिएको उपभोक्ता समितिका प्रेम प्रजापतिले बताउनुभयो । सबैको साथ, सहयोग र समर्पणले समयमै ध्वाका निर्माण सम्पन्न भएकोमा उहाँले सबैलाई धन्यवाद दिनुभयो ।

Leave A Reply

Your email address will not be published.