Explore news and happenings at Bhaktapur

भक्तपुर नपाद्वारा एसईईका विद्यार्थीलक्षित भर्चुअल कक्षा प्रसारण

२०७६ चैत ५ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाद्वारा कक्षा १० का एसईईका विद्यार्थीलक्षित भर्चुअल कक्षा प्रसारण गर्ने निर्णय गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार सम्पन्न नगर शिक्षा समितिको बैठकले कोरोना संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न भक्तपुर नगरपालिकाको प्रायोजनमा एसईई लक्षित भर्चुअल कक्षा भादगाउँ टिभीमार्फत प्रसारण गर्ने निर्णय गरेको हो । बैठकले कक्षा प्रसारणको लागि आवश्यक व्यवस्था नगर शिक्षा शाखालाई जिम्मेवारी दिने निर्णय ग¥यो । एसईई परीक्षाको लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक शिक्षा, स्वास्थ्य, वातावरण तथा जनसंख्याजस्ता अनिवार्य विषयको कक्षा सञ्चालन हुनेछ ।

Leave A Reply

Your email address will not be published.