Explore news and happenings at Bhaktapur

धनगढी माई नगरपालिका सिराहाका मेयर भक्तपुरमा

0

भक्तपुर,  नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग धनगढी माई नगरपालिका, सिराहाका प्रमुख हरि नारायण चौधरीले भेट गर्नुभयो ।भेटमा प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको समाजलाई बुद्धिजिवीकरण गर्ने नीति अनुसार २०५६ सालमा भक्तपुर नगरपालिकाले उच्च मा.वि संचालन गरी शैक्षिक क्षेत्रमा कार्य गर्दै आइ हाल ७ वटा शैक्षिक संस्थाहरु संचालन गरी विभिन्न ६५ जिल्लाका विद्यार्थीहरुलाई अध्यापन गरिरहेको जानकारी गराउनु भयो ।

हाँले शिशुस्याहारदेखि कलेजहरु संचालन गरी नगरवासीहरुको सेवा गरिरहेको बताउनु हुँदै विश्वविद्यालय संचालनको लागि विधेयक पारित भएमा कम शुल्कमा गुणस्तरीय चिकित्सा विज्ञानको अध्ययन अध्यापन गराउने योजना रहेको जानकारी गराउनु भयो । भेटमा प्रमुख प्रजापतिले शिशुस्याहारको संचालनले कामकाजी अभिभावकहरुको उत्पादकत्व बृद्धि भएको स्मरण गर्दै आदर निकेतन संचालनको योजना रहेको जानकारी गराउनु भयो ।

भक्तपुर नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालयहरु ५७ वटा निजी विद्यालयहरु गरी जम्मा ९२ वटा विद्यालयहरु संचालनमा रहेको स्मरण गर्दै सामुदायिक विद्यालयको शैक्षिकस्तर पनि निजी विद्यालयस्तरमै पुर्‍याउन आवश्यक योजना तयार भैरहेको बताउनु भयो । उहाँले नगरको समग्र शैक्षिक व्यवस्थापनको लागि नगरशिक्षा समिति गठन गरी परिचालन गरिरहेको र नयाँ पुस्तालाई भक्तपुरको मौलिकता बारे जानकारी गराउँदै देशभक्त र सामाजिक उत्तरदायी नागरिक बनाउन स्थानीय पाठ्यक्रम तयार गरी अध्ययन अध्यापन गराईरहेको जानकारी गराउनु भयो ।
उहाँले नगरवासीहरुलाई ३ वटा जनस्वास्थ्य केन्द्र, आ“खा अस्पताल, आयुर्वेदीक उपचार केन्द्र र घरघरमा नर्सिड्ड सेवाबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनु हुँदै ५० शैयाको ख्वप अस्पताल निर्माणको क्रममा रहेको जानकारी गराउनु भयो ।

भेटमा धनगढी माई नगरपालिकाका प्रमुख चौधरीले आफ्नो नगरपालिकाको मौलिक विशेषताहरुको जानकारी गराउनु हुँदै भक्तपुर नगरपालिकाको स्वास्थ्य, शिक्षा, सम्पदा संरक्षण र पर्यटन सम्बन्धी धेरै उपलब्धीहरुको विषयमा सुनेको हुँदा यी विषयहरुमा बुझ्नको लागि नगरपालिका भ्रमणमा आएको जानकरी गराउनु भयो । भेटमा दुई प्रमुख बीच आवास योजना, सरसफाई, विकास निर्माण, ऐन कानून निर्माण, संविधान र संघीयता कार्यान्वयन लगायतका विविध विषयहरुमा पनि छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.